Skip to main content

Bhajani Today

स्व.तोयनाथ जोशीको ३१औं स्मृतिका अवसरमा आयोजित ११औं रक्तदान कार्यक्रम

  1. भजनी/कैलालीको भजनीमा प्रात: स्मरणीय पूज्यनीय पिता स्व. तोयनाथ जोशीको ३१औं स्मृतिका अवसरमा आयोजित ११औं रक्तदान कार्यक्रम आईतबार भजनीमा सम्पन्न भएको छ। पाण्डव जनरल स्टोर भजनीको आयोजित एबम् नेपाल रेडक्रस सोसाइटी टीकापुर र भजनीको प्राविधिक सहयोग तथा लघुवित्त कर्मचारी मिलन केन्द्र भजनीको सहकार्यमा भजनीमा रक्तदान कार्यक्रम गरेको थियो।कार्यक्रममा भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी, उप प्रमुख राजु तिरुवा,संघिय माननीय गंगा चौधरी ,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलाली सभापति बासु विनाडी, सशस्त्र प्रहरी बल , सञ्चारकर्मी , कर्मचारी, रक्तदानसँग आबद्ध अन्य व्यक्तिहरू गरी ५०जना रक्तदाताहरूले रक्तदान गरेको टंक प्रसाद जोशीले जानकारी दिनुभयो।

    रक्तदान कार्यक्रमको उद्घाटन भजनी नगरपालिका नगर उप प्रमुख राजु तिरुवाले गर्नु भएको थियो।पाण्डव जनरल स्टोरले विगत वर्ष देखि नै प्रत्येक प्रात: स्मरणीय पूज्यनीय पिता स्व. तोयनाथ जोशीको स्मृतिका अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *