साझा अक्षर

स्वास्थ्य

पोषण परियोजनाका गतिविधिको पालिका स्तरीय अनुगमन सम्पन्न

पोषण परियोजनाका गतिविधिको पालिका स्तरीय अनुगमन सम्पन्न

भजनी, कैलाली । केयर नेपाल र आइडिइ नेपालको आर्थिक सहयोग तथा याक नेपालद्वारा सञ्चालित पोषण परियोजनाअन्तर्गत भजनी नगरपालिकामा सञ्चालन भएका विभिन्न गतिविधिहरूको पालिका स्तरीय सल्लाहकार समितिद्वारा अनुगमन गरिएको छ।अनुगमन टोलीले परियोजनामार्फत सञ्चालित पोषण सुधार, समुदायस्तरीय जनचेतना अभिवृद्धि, बाल तथा मातृ पोषण प्रवर्द्धन, सरसफाइ तथा व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रमहरूको स्थलगत अवलोकन गरेको थियो। अनुगमनपछि बोल्दै नगर उपप्रमुख राजु तिरुवा ले परियोजनाले लक्षित समुदायमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै आगामी दिनमा कार्यक्रमहरूलाई अझ प्रभावकारी र दिगो बनाउन स्थानीय सरकार, सरोकारवाला निकाय तथा समुदायबीचको समन्वय थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। स्वास्थ्य शाखा प्रमुख कैलाश थारु का अनुसार परियोजनाले विशेषगरी महिला, बालबालिका तथा विपन्न समुदायको…
Read More
राष्ट्रपति रनिङ शिल्डमा भजनीको उत्कृष्ट प्रदर्शन, ४ पदक हात पार्न सफल

राष्ट्रपति रनिङ शिल्डमा भजनीको उत्कृष्ट प्रदर्शन, ४ पदक हात पार्न सफल

अमृत केसी/कैलालीमा जारी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भजनी नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै थप पदक हासिल गरेको छ। प्रतियोगिताको सुरुवाती चरणदेखि नै भजनी नगरपालिकाले विभिन्न खेल विधामा आफ्ना प्रतिद्वन्द्वीलाई कडा टक्कर दिँदै आएको छ।जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन हुन १ दिन मात्र बाँकी रहँदा भजनी नगरपालिकाले हालसम्म ४ पदक आफ्नो नाममा पार्न सफल भएको छ। छात्रा हाइजम्पतर्फ प्रतिका कठरियाले स्वर्ण पदक जित्दै भजनीलाई गौरवान्वित बनाएकी छन्।त्यसैगरी, ज्याभ्लिङ थ्रोतर्फ अभिषेक विकले रजत पदक प्राप्त गरेका छन् भने सटपुटतर्फ पारस टमट्टा र कराँतेतर्फ अनुप चौधरीले कास्य पदक हासिल गरेका छन्। भजनी नगरपालिकाका शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले खेलाडीहरूको…
Read More
भजनीमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

भजनीमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

भजनी ३० वैशाख/कैलालीको भजनी नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोह भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको हो। समापन कार्यक्रममा नगर प्रमुख केवल चौधरीले खेलकुदले विद्यार्थीहरूको प्रतिभा पहिचान, अनुशासन र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेल क्षेत्रको विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो थियो। त्यसैगरी शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहबाटै खेल प्रतिभाको खोजी तथा विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास हुने उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित रूपमा…
Read More
जानकी गाउँपालिकामा सुत्केरीलाई पोषण वितरण

जानकी गाउँपालिकामा सुत्केरीलाई पोषण वितरण

कैलाली, पुस १२/जानकी गाउँपालिका, स्वास्थ्य शाखा, दुर्गौलीको आयोजनामा "सुत्केरीलाई उपाध्यक्ष पोषण कार्यक्रम" सम्पन्न भएको छ। पुस १२ गते जानकीनगर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा सुत्केरी महिलाहरूलाई पोषण सामग्री वितरण गरिएको हो। कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती देवी कठरियाको संयोजकत्वमा पोषण सामग्री वितरण गरिएको थियो। उक्त कार्यक्रममा वडानम्बर २ का कार्यवाहक वडा अध्यक्ष योगेन्द्र बम, वडाका सम्पूर्ण सदस्यहरू, व्यवस्थापन समितिका सदस्यहरू, र स्वास्थ्य शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सी.अ.न.मि. शोभा चौधरी, जानकीनगर स्वास्थ्य शाखाका ईन्चार्ज, र अन्य स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको छ। यो कार्यक्रमले सुत्केरी महिलाहरूलाई पोषणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिएको छ। जानकी गाउँपालिकाले स्वास्थ्य र पोषण क्षेत्रलाई प्राथमिकतामा राख्दै…
Read More
दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता

दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता

भजनी, पौष १० खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएकाहरू राधे धामीसमेत गरी १५ जना र एक जना टीकापुर नगरपालिका वडा नं. १ गरी १६ जना छन्‌ । २०८१ मंसिर १६ न्यूनस्तरको मह बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले टीकापुर नगरपालिका वडा नं. १, बसपार्कस्थित आँधीखोला होटेल र न्यु मङ्गलासैनी होटेलबाट ९४७ किलोग्राम मह र घारसहित १६ जनालाई पक्राउ गरेको थियो । मह विक्रेताले मरेका मौरी, मौरीको घार र मह अलग अलग भाँडामा राखेको अवस्थामा फेला परेका थिए । मरेका मौरी र सुकेको घार अलग अलग बाल्टीमा र मह प्लास्टिकका…
Read More
लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

भजनी १० पौष/कैलालीका विभिन्न ठाउँबाट लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन् ।जिल्लाको दक्षिणी सीमावर्ती भजनी नगरपालिका वडा नं. ३ सरदार चोकस्थित भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा जानकी गाउँपालिका वडा नं. ४ मुनुवाका १८ वर्षीय किशोर पक्राउ परेका हुन् । ती किशोरलाई ३५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस्तै घोडाघोडी नगरपालिका वडा नं. २ साडेपानी बजारबाट सोही ठाउँ बस्ने ३० वर्षीय श्रबण चौधरी पक्राउ परेका हुन् । चौधरीलाई ३० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More

जानकी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

दुर्गाैली: क‌ैलाली जिल्ला जानकी गाउँपालिका, दुर्गौलीले आर्थिक वर्ष २०८१/०८२ को वडा स्तरीय योजना तथा कार्यक्रमअन्तर्गत सामाजिक विकासतर्फको पहलमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरूप साइकल वितरण कार्यक्रम सम्पन्न गरेको वडा अध्यक्ष सुरेश चाैधरीले जानकारी दिएका छन्। गाउँपालिकाको वडा नं. १ अन्तर्गतका १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रत्येकलाई १/१ वटा साइकल प्रदान गरिएको हो। यस कार्यक्रमले स्वयंसेविकाहरुलाई सहज गतिशीलता प्रदान गर्ने र उनीहरूको सेवा प्रभावकारिता बढाउने विश्वास गरिएको छ। कार्यक्रमका प्रमुख अतिथिहरू वडा अध्यक्ष चाैधरीले स्वास्थ्य सेवामा महिला स्वयंसेविकाहरूको भूमिकाको प्रशंसा गर्दै उनीहरूको योगदानलाई थप प्रोत्साहन गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए। यो पहलले स्थानीय स्तरमा स्वास्थ्य सेवा सुदृढ बनाउन सहयोग पुर्‍याउने अपेक्षा…
Read More

विरेन्द्र विद्या मन्दिर क्याम्पसमा लागुपदार्थ सम्बन्धित जनचेतनामूलक कार्यक्रम सम्पन्न

टीकापुर:विरेन्द्र विद्या मन्दिर क्याम्पसको सभाहलमा लागुपदार्थ दुरुपयोग विरुद्धको जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको आयोजना क्याम्पस स्ववियु पहलमा गरिएको थियो, जसमा ईलाका प्रहरी कार्यालय टिकापुरको विशेष सहकार्य रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई लागुपदार्थको असर, रोकथामका उपायहरू, तथा समाजमा सकारात्मक भूमिका खेल्नुपर्ने विषयमा जानकारी प्रदान गरियो। प्रहरी कार्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई यस विषयमा विस्तृत रूपमा अवगत गराउँदै, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरे। क्याम्पस प्रशासनले कार्यक्रमको सफलताका लागि सहयोग पुर्‍याउने ईलाका प्रहरी कार्यालय टिकापुरलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, अनुशासनपूर्वक कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूलाई पनि विशेष आभार प्रकट गरिएको छ। यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच र सचेतना फैलाउन महत्त्वपूर्ण योगदान गर्ने…
Read More
पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना

पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना

भजनी / कैलाली जिल्लाको भजनी बजार जिल्लाको पुरानो सदरमुकामको रूपमा रहेको इतिहास धेरै भएको छैन ।हरेक सम्भावनाले भरिएको भजनीलाई कैलाली जिल्लाको सदरमुकाम थियो भन्दा अहिलेको पुस्तालाई पत्याउन गाह्रो हुन्छ । आज भजनीले भोगिरहेका अभावका अगाडि त्यो पुरानो सदरमुकामको कुरा गर्दा नयाँ पुस्ताले अनौठो मान्ने गर्छन् ।विस २०३८ सम्म जिल्लामा हुनुपर्ने कतिपय कार्यालय भजनीमै थिए । त्यति बेला निर्माण भएका कैयौँ संरचनाको अंश आजका दिनमा जीवित छन् । पुरानो सदरमुकामका बासिन्दा केही दशकदेखि प्राकृतिक विपद्लगायत चुनौतीसँग लड्न र जुध्नबाध्य भइरहेका छन् ।यो क्षेत्रका लागि वर्षायाममा हुने बाढी, नदी कटान र डुबानको समस्या ठूलो चुनौती बन्ने गरेको छ । बाढी डुबानले सयौँ…
Read More
भजनीमा प्लास्टिक मालालाई बिक्री वितरणमा रोक

भजनीमा प्लास्टिक मालालाई बिक्री वितरणमा रोक

भजनी/तिहार नजिकिँदै जाँदा भजनी नगरपालिकाले यसवर्ष प्लास्टिकका माला बिक्रीवितरणमा रोक लगाउने तयारी गरेको छ ।बुधबार एक सुचना जारी गर्दै नगरपालिकाले प्लास्टिकका फुल माला बिक्रीवितरणमा रोक लगाउने जानकारी दिएको हो । नगरपालिकालेस्वदेशी उत्पादन फूलका मालालाइ प्रोत्साहन गर्न र प्लाष्टिक जन्य सामाग्रीको न्यूनिकरण गर्न भारतबाट भित्रिने प्लाष्टिकका फूलमालालाई निरुत्साहित गरि आयात तथा विक्रिवितरणमा रोक लगाउने नीतिअनुसार नगरपालिका अगाडि बढ्ने नगर प्रमुख केवल चौधरीद्वारा जारी गरिएको सुचनामा उल्लेख गरिएको छ।नगरपालिका भित्र रहेका व्यापार व्यावसायी तथा सम्पुर्ण नगरवासीहरुले आउँदै गरेको महान चाड शुभ दिपावली तथा छठ पर्वमा प्लास्टिकका माला र पुष्प सामाग्री विक्रिवितरण तथा प्रयोग नगर्न/नगराउन हुन सम्बन्धित सबैको जानकारी गराइएको भन्दै सूचनालाई अटेर…
Read More
स्व.तोयनाथ जोशीको ३१औं स्मृतिका अवसरमा आयोजित ११औं रक्तदान कार्यक्रम

स्व.तोयनाथ जोशीको ३१औं स्मृतिका अवसरमा आयोजित ११औं रक्तदान कार्यक्रम

भजनी/कैलालीको भजनीमा प्रात: स्मरणीय पूज्यनीय पिता स्व. तोयनाथ जोशीको ३१औं स्मृतिका अवसरमा आयोजित ११औं रक्तदान कार्यक्रम आईतबार भजनीमा सम्पन्न भएको छ। पाण्डव जनरल स्टोर भजनीको आयोजित एबम् नेपाल रेडक्रस सोसाइटी टीकापुर र भजनीको प्राविधिक सहयोग तथा लघुवित्त कर्मचारी मिलन केन्द्र भजनीको सहकार्यमा भजनीमा रक्तदान कार्यक्रम गरेको थियो।कार्यक्रममा भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी, उप प्रमुख राजु तिरुवा,संघिय माननीय गंगा चौधरी ,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलाली सभापति बासु विनाडी, सशस्त्र प्रहरी बल , सञ्चारकर्मी , कर्मचारी, रक्तदानसँग आबद्ध अन्य व्यक्तिहरू गरी ५०जना रक्तदाताहरूले रक्तदान गरेको टंक प्रसाद जोशीले जानकारी दिनुभयो। रक्तदान कार्यक्रमको उद्घाटन भजनी नगरपालिका नगर उप प्रमुख राजु तिरुवाले…
Read More
अबैध लागू औषध सहित २ युवा र १ युवती पक्राउ

अबैध लागू औषध सहित २ युवा र १ युवती पक्राउ

टीकापुर / कैलालीको भजनीबाट लागुअाैषध सहित दुई जना लाई प्रहरीले पक्राउ गरेकाे छ ।शनिबार करिब राती ८ बजेको समयमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, भजनी न.पा.१ गोदाम टोलबाट सोही ठाउँ बस्ने बर्ष २० को शुसील साउद र बर्ष २७ को बिरेन्द्र बिष्टलाई ४ ग्राम ५१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको र निज दुबैजना माथि ईलाका प्रहरी कार्यालय भजनीले थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।यसैगरी, शनिबार नै दिउसाे २:०० बजे धनगढी स्थित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ रोड हाउस क्याफे…
Read More
भजनीमा लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन

भजनीमा लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन

भजनी२९असोज कैलालीको भजनीमा डेंगु संक्रमण बढेसँगै भजनी नगरपालिका वडा नं ४को आधारभूत स्वास्थ्य केन्द्रले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ। नगरपालिकाले नगरभित्रका नौवटा स्वास्थ्य केन्द्रबाट ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको हो। मंगलबारदेखि अभियान थालिएको नगरपालिका स्वास्थ्य संयोजक कैलाश चौधरीले बताए। सडक छेउछाउ पर्ने भजनी नगरपालिकाको वडा नं ४ विभिन्न टोल तथा क्षेत्रमा डेंगु खोज र नष्ट अभियान चलाइएको छ। (more…)
Read More
भजनीमा सरोकारवालाहरुसँग परियोजनाको परिच्यात्मक कार्यक्रम सम्पन्न

भजनीमा सरोकारवालाहरुसँग परियोजनाको परिच्यात्मक कार्यक्रम सम्पन्न

भजनी२०८१असोज २०खेम राज पाण्डेय  कैलालीको भजनीमा सरोकारवालाहरुसँग परियोजनाको परिच्यात्मक कार्यक्रम सम्पन्न भएको छ। दिगो विकास समाज भजनी, यार्ड नेपाल धनगढी र वाल कल्याण संघ टीकापुरको आयोजनामा भएको कार्यक्रमको वर्ल्ड भिजन नेशनल नेपालको साझेदारी रहेको थियो।कार्यक्रमको प्रमुख अतिथि भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी रहनु भएको थियो।उक्त कार्यक्रम उपप्रमुख राजु तिरुवा,प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यौपाने,वडा अध्यक्ष,विषयगत शाखा प्रमुख,साझेदारी संस्थाका प्रतिनिधि र सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो। परिच्यात्मक कार्यक्रममा साझेदारी संस्थाले २०२४मा गरेका कामकाजको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो।भने २०२५ मा गरिने क्रियाकलापहरूको बारेमा तीनै वटा संस्था आ आफ्नो गतिविधि तथा लागत सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। परियोजनाको लागत समावेशी…
Read More