भजनी२०८१असोज २०खेम राज पाण्डेय
कैलालीको भजनीमा सरोकारवालाहरुसँग परियोजनाको परिच्यात्मक कार्यक्रम सम्पन्न भएको छ। दिगो विकास समाज भजनी, यार्ड नेपाल धनगढी र वाल कल्याण संघ टीकापुरको आयोजनामा भएको कार्यक्रमको वर्ल्ड भिजन नेशनल नेपालको साझेदारी रहेको थियो।कार्यक्रमको प्रमुख अतिथि भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी रहनु भएको थियो।उक्त कार्यक्रम उपप्रमुख राजु तिरुवा,प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यौपाने,वडा अध्यक्ष,विषयगत शाखा प्रमुख,साझेदारी संस्थाका प्रतिनिधि र सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो।
परिच्यात्मक कार्यक्रममा साझेदारी संस्थाले २०२४मा गरेका कामकाजको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो।भने २०२५ मा गरिने क्रियाकलापहरूको बारेमा तीनै वटा संस्था आ आफ्नो गतिविधि तथा लागत सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।



परियोजनाको लागत समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनामा आर्थिक वर्ष २०२५ को गतिविधिहरुका लागि बजेट कार्यान्वयन ५४लाख ५१हजार २सय ९६रहेको छ। यस वर्षमा सञ्चालित कार्यक्रम४हजार३सय१०वटा रहेको छ उक्त कार्यक्रम भजनी नगरपालिकाका ८विद्यालय र २७वटा पढाइ शिबिरमा संचालित हुने याड नेपालका फिल्ड अधिकृत पिताम्बर पौडेल बताउनु भयो।
कार्यक्रममा नगर प्रमुख केवल चौधरीले भजनी क्षेत्रमा राम्रो काम गर्दै आएको र सबै समुदायकालागि सहभागिता गराएको र सानो सानो पूंजी दिएर आत्मनिर्भर बनाउन यो संस्थाले सबै भन्दा समुदायमा ठूलो योगदान गरेको बताउनु भयो। उपप्रमुख राजु तिरूवा,प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यौपाने,वडा अध्यक्ष सञ्जीव चौधरी र विपद् शाखा विष्णु प्रसाद न्यौपाने लगाएतले बोल्नु भएको थियो।
दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनार अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रमको स्वागत तथा परियोजनाको उद्देश्य बारे परियोजना संयोजक प्रभु ढकालले गर्नु भएको कार्यक्रमको सञ्चालन खुशी राम चौधरीले गर्नु भएको थियो।