Skip to main content

Bhajani Today

भजनीमा राष्ट्रिय परिचय पत्र सम्बन्धि आवेदन फारम र बायोमेट्रिक विवरण भर्ने कार्य सूरु

भजनी २० असोज /कैलालीको भजनीमा राष्ट्रिय परिचय पत्र सम्बन्धि आवेदन फारम र बायोमेट्रिक विवरण भर्ने कार्य सूरु भएको छ । राष्ट्रिय परिचय पत्र बनाउन छुटेकाहरुका लागि असोज २० गते देखि भजनी नगरपालिकाको सभाहलमा राष्ट्रिय परिचय पत्र र बायोमेट्रिक विवरण दर्ता गर्ने कार्य सुरु भएको हो । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरे सँगै ईलाका प्रशासन कार्यालय टीकापुरमा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड भएकोले भजनीका आम जनताको सुलव तथा सुविधाका लागि भजनीमै राष्ट्रिय परिचय पत्रको फारम भर्ने कार्य गरिएको नगर प्रमुख केवल चौधरीले बताउनु भयो पालिकाले राष्ट्रिय परिचय पत्र आवेदन फारम वडागत रुपले असोज २०देखी पुस १० गते सम्म भर्ने सूचना प्रकाशित पनि गरेको छ । सोहि अनुसार १ देखि ९ वटै वडाका वडावासीहरुले राष्ट्रिय परिचय पत्र सम्बन्धि आवेदन फारम र बायोमेट्रिक विवरण भर्ने कार्य गर्न सक्ने छन् ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *