Skip to main content

Bhajani Today

सशस्त्र प्रहरी खक्राैलाले गर्याे पटाका बरामद

भजनी/खक्राैला स्थित सशस्त्र प्रहरी टोलीले गए राति करीब ९० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । प्रस्तावित सिमा सुरक्षा गुल्म खक्राैला बाट खटिएको टोलीले अवैधरूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटका( फूलझरी, बुलेट बम, चक्कर हाइड्रो फोइल्स) लगायतका विष्फोटक पदार्थ हिजो साँझ बरामद गरि आज भन्सार कार्यालयमा बुझाएको हो ।बरामद गरिएका पटाका र से.३ प. ५७९९ नम्बरको १५० सिसिकाे कालो रंगको पल्सर सत्ति भन्सार कार्यालय पठाइएको गुल्मपति डिएसपी पुर्ण चन्दले जानकारी दिए ।

विशेष सुराकीको आधारमा सशस्त्र प्रहरीले सत्ति कर्णाली पुल नजिकै बाट पिछा गर्दै सत्ति बाट पक्राउ गरेको चन्दले बताए ।दशैं ,दीपावली तथा छठपर्व नजिकिँदै जाँदा भारतीय बजारबाट पटाका लगायतका विष्फोटक पदार्थ चोरी तस्करी भएर नेपाल भित्रीने गरेको छ । पक्राउ गरिएको पटाका र माेटर साइकल गरि २ लाख ४० हजार बराबरको रहेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *