Skip to main content

Bhajani Today

भजनीमा लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन

    
भजनी२९असोज कैलालीको भजनीमा डेंगु संक्रमण बढेसँगै भजनी नगरपालिका वडा नं ४को आधारभूत स्वास्थ्य केन्द्रले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ। नगरपालिकाले नगरभित्रका नौवटा स्वास्थ्य केन्द्रबाट ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको हो। मंगलबारदेखि अभियान थालिएको नगरपालिका स्वास्थ्य संयोजक कैलाश चौधरीले बताए। सडक छेउछाउ पर्ने भजनी नगरपालिकाको वडा नं ४ विभिन्न टोल तथा क्षेत्रमा डेंगु खोज र नष्ट अभियान चलाइएको छ।

बिज्ञापनमा लागि
असोज २९ देखि अभियान सञ्चालन गरिएको छ।लामखुट्टेले अन्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान चलाइएको उनले बताए। विभिन्न ठाउँमा डेंगुको संक्रमण बढ्दै गएकाले सतर्कताका लागि नगरपालिकाले यो अभियान सुरु गरेको स्वास्थ्य शाखा प्रमुख चौधरीको भनाइ छ। यस अभियान कार्यान्वयनका लागि स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका,सञ्चारकर्मी,भलमंसा र शिक्षकलगायतको टोली परिचालन गरिएको छ।

पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ। गाउँघर क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि गाउँठाउँमा बढी लामखुट्टे देखिने गर्छन्।एडिज नामक लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ। उक्त लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ। विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ।डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ।

पोथी जातको लामखुट्टेले अन्डा पार्ने वेलामा टोक्ने गर्छ। एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जान्छ। दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने स्वास्थ्य कर्मी लक्ष्मी प्रसाद जोशीले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *