Skip to main content

Bhajani Today

जानकी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

दुर्गाैली: क‌ैलाली जिल्ला जानकी गाउँपालिका, दुर्गौलीले आर्थिक वर्ष २०८१/०८२ को वडा स्तरीय योजना तथा कार्यक्रमअन्तर्गत सामाजिक विकासतर्फको पहलमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरूप साइकल वितरण कार्यक्रम सम्पन्न गरेको वडा अध्यक्ष सुरेश चाैधरीले जानकारी दिएका छन्।

गाउँपालिकाको वडा नं. १ अन्तर्गतका १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रत्येकलाई १/१ वटा साइकल प्रदान गरिएको हो। यस कार्यक्रमले स्वयंसेविकाहरुलाई सहज गतिशीलता प्रदान गर्ने र उनीहरूको सेवा प्रभावकारिता बढाउने विश्वास गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथिहरू वडा अध्यक्ष चाैधरीले स्वास्थ्य सेवामा महिला स्वयंसेविकाहरूको भूमिकाको प्रशंसा गर्दै उनीहरूको योगदानलाई थप प्रोत्साहन गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए। यो पहलले स्थानीय स्तरमा स्वास्थ्य सेवा सुदृढ बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *