Skip to main content

Bhajani Today

भजनी नगरपालिका द्वारा शिक्षा परियोजनालाई पृष्ठप‍ोषण

कैलालीको भजनीमा / वर्ल्ड भिजन ईन्टरनेश्नल नेपाल र यार्ड धनगढिको संयुक्त साझेदारिमा सञ्चालित समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजनाको भजनी नगरपालिका द्वारा अनुगमन तथा पृष्ठ पोषण गरिएको छ ।अनुगनमा भजनी नगरपालिका उप प्रमुख राजु तिरुवा, निमित्त प्रशासकिय प्रमुख सूर्यबहादुर सिंह, वडा नं ५ का अध्यक्ष केशब बहादुर बुढा, स्वास्थ्य प्रमुख कैलाश चौधरी, प्रशासन अधिकृत चन्द्र देव भट्ट, शिक्षा शाखा कर्मचारी देबराज अवस्थि, महिला तथा बालकालिका शाखा जौकला सार्की , गणेशमान आ बि प्र अ जादो लाल राय र यार्ड नेपालका फिल्ड अधिकृत पिताम्बर पौडेलको सयुक्त रुपमा परियोजनाले भजनी क्षेत्रमा गरेका कृयाकलापहरुको स्थलगत अनुगमन गरि शुझाब र पृष्ठपोषण गरेको छ । अनुगमनमा अभिभावक सचेतना गोष्ठी, अभिभावक तथा सहजकर्ताहरु संग भेटघाट, छलफल र विद्यालयहरुको अवलोकन गरिएको थियो। अनुगमन पश्चात् भजनी नगरपालिका कि उप प्रमुख राजु तिरुवाले यार्डले गरेको काम प्रति धन्यवाद ज्ञापन गरिन। त्यस्तै भजनि नगरपालिका का निमित्त प्रसासकिय प्रमुख सूर्य बहादुर सिंहले यार्डले भजनीको शिक्षा क्षेत्रमा ठूलो र देखिने गरि सहयोग गरेको बताए।

यार्डका फिल्ड अधिकृत पिताम्बर पौडेलले परियोजनाले भजनी र टिकापुर क्षेत्रमा १५ वटा विद्यालय र ४४ वटा समुदायमा आधारित पढाइ शिबिरमा सहयोग रहेको जानकारि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *