दीपक संगम विश्वकर्मा/दुर्गाैली:कैलाली जिल्ला जानकी गाउँपालिकाको वृहत् शैक्षिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा आफ्नो विचार प्रस्तुत गर्दै मा रञ्जिता चाैधरिले “विद्यार्थीहरूलाई केवल पाठ्यक्रममा सीमित गर्नुको सट्टा उनीहरूलाई नैतिकता, सिर्जनशीलता, र नेतृत्व क्षमतामा पनि अगाडि बढाउनुपर्छ।”बताएकी छन्।
तेस्तै “समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि विद्यार्थीहरूले राम्रो शिक्षासँगै उत्कृष्ट चारित्रिक गुण पनि अवलम्बन गर्नुपर्छ। यसरी नै हामी भविष्यमा जिम्मेवार नागरिक र सफल व्यक्तिहरू उत्पादन गर्न सक्नेछौं।”
यो कार्यक्रम विद्यार्थीहरूको बहुआयामिक विकासको महत्त्वलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको थियो, जसमा स्थानिय शिक्षक र शैक्षिक संस्थाका प्रतिनिधिहरू बिद्यार्थीहरूको विभिन्न राजनीतिदलका प्रतिनिधिहरू,समाजसेवीहरूको सहभागी थिए।
कार्यक्रमले विद्यार्थीहरूलाई सिर्जनात्मकता र नेतृत्वको क्षेत्रको महत्त्वबारे सोच्न प्रेरित गरेको थियो, जसले उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।