Skip to main content

Bhajani Today

माओवादी केन्द्र जानकी गाउँ कमिटीको सपथ ग्रहण कार्यक्रम 

कैलालीको जानकी गाउँपालिकाको दुर्गौलीमा माओवादी केन्द्रको जानकी गाउँ कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। निर्वाचन समितिका अध्यक्ष पदम परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य क. हरि ज्ञवाली “अखण्ड” रहनुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि क. हेमराज भट्टराई, तिलक परियार, सुरेन्द्र देवकर, र दिलराज शर्मा हुनुहुन्थ्यो। कार्यक्रम सञ्चालन निर्वाचन समिति सदस्य विरेन्द्र खड्काले गर्नुभएको थियो।

सपथ ग्रहण कार्यक्रममा निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरिएको थियो। त्यस्तै, निर्वाचन समितिलाई पनि सम्मान र प्रमाणपत्र प्रदान गरियो।

कार्यक्रममा निर्वाचित अध्यक्ष कृष्ण स्वडारी, निर्वाचन समिति अध्यक्ष पदम परियार, र प्रमुख अतिथि हरि ज्ञवालीले मन्तव्य राख्दै निर्वाचित पदाधिकारी र सदस्यहरूको सफल कार्यकालको कामना गर्नुभयो।

निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई एवं आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *