भजनी – भजनी नगरपालिका ७ चर्रा स्थित पुरैना सामुदायिक वन उपभोक्ता समूहको १५औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनवाई शुक्रबार धुमधामसँग सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता सामुदायिक वन समितिका कार्यबाहक अध्यक्ष तथा संस्थाका उपाध्यक्ष फयाज खान ले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा निवर्तमान नगर प्रमुख शेर बहादुर चौधरी रहनु भएको थियो।कार्यक्रमका विशिष्ट अतिथि सब डिभिजन वन कार्यालय अधिकृत लाल वहादुर विश्वकर्म,सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय महासचिव डन्डी राज सुवेदी,CFCC अध्यक्ष खोज राम चौधरी रहनु भएको थियो साथै छिमेकी सामुदायिक वनका अध्यक्ष, समाजसेवी, बुद्धिजीवी विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी ,पत्रकार, तथा स्थानीय वन उपभोक्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले वनको दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि जनताको सहभागिता अपरिहार्य भएको बताउँदै यस क्षेत्रमा वनले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
सभामा विशिष्ट अतिथी सुवेदीले वन संरक्षणमा सामुदायिक वनको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै वनको सही व्यवस्थापन र संरक्षणका लागि सबै उपभोक्ताहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो।
विशिष्ट अतिथि वन अधिकृत विश्वकर्माले वनको संरक्षण र विकासमा निरन्तर सहयोग पुर्याउने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको थियो।वनको संरक्षण र यसको प्रबर्द्धन गर्दै स्थानीय समाजको विकासको आधार निर्माण गर्नुपर्ने बताए।
साधारण सभाको स्वागत् मन्तव्य मनसरी चौधरीले गर्नु भएको थियो। संस्थाकी सचिव राज कुमारी चौधरीले नीति तथा कार्यक्रम र आर्थिक वर्ष ०८०÷८१ को आम्दानी रु.१४ लाख ३४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । साथै शैक्षिक सामग्री वितरण गरिएको थियो।कार्यक्रम सञ्चालक दीपक कुमार चौधरीले गर्नु भएको थियो।