Skip to main content

Bhajani Today

नेपाली कांग्रेस जानकी गाउँपालिका वडा नं २ द्वारा १०० दिने विशेष कार्यक्रम शुभारम्भ

दुर्गौली :नेपाली कांग्रेस जानकी गाउँपालिका वडा नं २ ले १०० दिने विशेष कार्यक्रमको शुभारम्भ गरेको छ।

कार्यक्रमको उद्देश्य विकास, समृद्धि र समाजसेवाको नयाँ आयाम स्थापित गर्नु रहेको छ। यस अभियानले जनताको आवश्यकता र विकासका प्राथमिकतालाई लक्षित गर्दै विभिन्न क्रियाकलापहरू सञ्चालन गर्ने योजना बनाएको नेपाली काङ्ग्रेस जानकी गाउँपालीका संयोजक गणेश रेग्मीले जनाएका छन्।

नेपाली काङ्ग्रेसको केन्द्र तथा जिल्लाको निर्णय अनुसार यस १०० दिने अभियानको सफलताका लागि शुभकामना व्यक्त गर्दै, कार्यक्रमले वडा र स्थानीय समुदायलाई सकारात्मक परिवर्तनको दिशामा अगाडि बढाउन मद्दत गर्ने विश्वास लिइएको संयोजक रेग्मीले जनाएका छन्। आगामी चुनाव ०८४ मा आफ्नो पार्टीलाई कसरी विजयी तथा सफलता कसरी दिलाउन सकिन्छ यसको लागि निरन्तर छलफल तथा सकृयताका साथ अगाडि लागीरहेको उनले जनाएका छन्। जानकी गाउँपालिकावासी र सबै सरोकारवालाहरूलाई यस अभियानमा सक्रिय सहभागिताको निम्ति आह्वान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *