Skip to main content

Bhajani Today

विरेन्द्र विद्या मन्दिर क्याम्पसमा लागुपदार्थ सम्बन्धित जनचेतनामूलक कार्यक्रम सम्पन्न

[wpstatistics stat=usersonline]टीकापुर:विरेन्द्र विद्या मन्दिर क्याम्पसको सभाहलमा लागुपदार्थ दुरुपयोग विरुद्धको जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको आयोजना क्याम्पस स्ववियु पहलमा गरिएको थियो, जसमा ईलाका प्रहरी कार्यालय टिकापुरको विशेष सहकार्य रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूलाई लागुपदार्थको असर, रोकथामका उपायहरू, तथा समाजमा सकारात्मक भूमिका खेल्नुपर्ने विषयमा जानकारी प्रदान गरियो। प्रहरी कार्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई यस विषयमा विस्तृत रूपमा अवगत गराउँदै, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरे।

क्याम्पस प्रशासनले कार्यक्रमको सफलताका लागि सहयोग पुर्‍याउने ईलाका प्रहरी कार्यालय टिकापुरलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, अनुशासनपूर्वक कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूलाई पनि विशेष आभार प्रकट गरिएको छ।

यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच र सचेतना फैलाउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास क्याम्पस प्रशासनले व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *