दीपक संगम विश्वकर्मा,कैलाली /बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ ढोधपुर (डुङ्या) स्थित काडा नदीमा आजदेखि तटबन्धन कार्य सुरु भएको छ। १५० मिटरको दुरीमा हुने यो तटबन्धनले नदी कटान र बाढीबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।
उक्त वडाका वडा अध्यक्ष जगत बहादुर शाहिका अनुसार तटबन्धन कार्यको सुरुवातसँगै स्थानीय बासिन्दाले सुरक्षा र संरक्षणको अनुभूति गर्ने आशा व्यक्त गरेका छन्। यो परियोजनाले स्थानीय समुदायको दिगो विकास र सुरक्षित वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
कामलाई समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउन सम्बन्धित पक्षहरूले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यसै क्रममा स्थानीयवासी र सरोकारवालाहरूले कामको निरन्तर अनुगमन गरिरहेका छन्। उक्त कार्यका लागि प्रदेश -सरकारबाट १ करोडौं २५ बजेट विनियोजन गरिएको वडा शाहिले जानकारी दिएका छन्।