Skip to main content

Bhajani Today

दिव्य शाक्ति कृषक समूहको पाँचौँ साधारण सभा सम्पन्न

कैलालीको भजनीमा रहेको दिव्य शाक्ति कृषक समूह भजनी न.पा.-८जनकपुरकाे पाँचौ साधारणसभा सम्पन्न भएको छ।समुहका अध्यक्ष खेम राज चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भजनी न .पा.वडा न.८ काे वडा अध्यक्ष पंकज चाैधरी रहनु भएको थियो।उक्त साधारण सभा तथा सुनवाई विशिष्ट अतिथि वडा सदस्य लल्टु ड.थारू, वडा न.७ काे वडा सचिव जय प्रसाद ढुङगाना, अतिथिमा सुनाैलाे ग्रा.वि.सहकारी संस्था काे संस्थापक अध्यक्ष राम फल चाैधरी तथा कृषक समूहकाे सदस्य लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत् मन्तव्य राम फल चाैधरीले गर्नु भएको थियो। समुहको आर्थिक वर्ष २०८०/०८१काेषाध्यक्ष राम बहादुर चाैधरीले ६लाख ८३ हजार ६ सय बराबरकाे आय व्याय प्रस्तुत गरेको थियो ।कार्यक्रममा प्रमुख अतिथि पंकज चाैधरीले यस समूहलाई वडा बाट हुने सहयोग पुर्ण रुपले सहयोग गर्ने भनेर प्रतिबद्धता गर्नु भएको थियो। लल्टु ड.थारू , जय प्रसाद ढुङगानाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम सञ्चालक समुहका सचिव कृष्ण प्रसाद चाैधरीले गर्नु भयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *