Skip to main content

Bhajani Today

वीरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पसका बिद्यार्थीहरूले शुल्क बैंकमा धाउनु नपर्ने।

पुष ०७ ,दिपक संगम विश्वकर्मा /टीकापुर: कैलालीस्थित वीरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले अब शुल्क तिर्नका लागि बैंक धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्।उक्त क्याम्पसका स्ववियु सभापति नवीन अधिकारीका अनुसार विद्यार्थीहरूको सुविधा र समस्यालाई मध्यनजर गर्दै शुल्क भुक्तानी प्रक्रियालाई सहज बनाउन गोलोबल बैंकसँग सम्झौता गरी नयाँ प्रणालीको थालनी गरिएको जनाएका छन्।

   अधिकारीले बताएअनुसार, अब क्याम्पसभित्रै शुल्क तिर्ने व्यवस्था मिलाइएको छ, जसले विद्यार्थीहरूको समय र श्रम बचत हुने अपेक्षा गरिएको छ। गोलोबल बैंकसँग गरिएको सहकार्यले डिजिटल माध्यमबाट शुल्क भुक्तानीको व्यवस्थालाई पनि प्राथमिकता दिने योजना रहेको छ।

उक्त नयाँ व्यवस्थाले विद्यार्थीहरूलाई सहजता प्रदान गर्नुका साथै क्याम्पसको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *