Skip to main content

Bhajani Today

नेपाली कांग्रेसका संस्थापक नेता स्व. कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्तिमा शैक्षिक सामाग्री वितरण

पुस ८ टीकापुर: नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री, निष्ठावान सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ति टीकापुरस्थित कैलाशेश्वर वेद विधा आश्रममा विशेष कार्यक्रम गरी मनाइएको छ।

यस अवसरमा आश्रमका बिद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो। शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग गर्ने सत्कार बुक्सका श्री बिरेन्द्र रावललाई विशेष धन्यवाद दिइएको छ। उक्त पुस्तक वितरण कैलाली जिल्ला क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति प्रकाश शाह बाट गरिएको हो।

कार्यक्रममा सहभागीहरूले स्व. भट्टराईको योगदानलाई स्मरण गर्दै उहाँप्रति श्रद्धा व्यक्त गरेका हुन। नेपाली कांग्रेसका यो महान् व्यक्तित्वले देश र लोकतन्त्रका लागि पुर्‍याएको योगदान सधैं प्रेरणादायी रहेको वक्ताहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *