Skip to main content

Bhajani Today

जानकी गाउँपालिकामा सुत्केरीलाई पोषण वितरण

कैलाली, पुस १२/जानकी गाउँपालिका, स्वास्थ्य शाखा, दुर्गौलीको आयोजनामा “सुत्केरीलाई उपाध्यक्ष पोषण कार्यक्रम” सम्पन्न भएको छ। पुस १२ गते जानकीनगर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा सुत्केरी महिलाहरूलाई पोषण सामग्री वितरण गरिएको हो।

कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती देवी कठरियाको संयोजकत्वमा पोषण सामग्री वितरण गरिएको थियो। उक्त कार्यक्रममा वडानम्बर २ का कार्यवाहक वडा अध्यक्ष योगेन्द्र बम, वडाका सम्पूर्ण सदस्यहरू, व्यवस्थापन समितिका सदस्यहरू, र स्वास्थ्य शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सी.अ.न.मि. शोभा चौधरी, जानकीनगर स्वास्थ्य शाखाका ईन्चार्ज, र अन्य स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको छ। यो कार्यक्रमले सुत्केरी महिलाहरूलाई पोषणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिएको छ।

जानकी गाउँपालिकाले स्वास्थ्य र पोषण क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *