साझा अक्षर

राष्ट्रपति रनिङ शिल्डमा भजनीको उत्कृष्ट प्रदर्शन, ४ पदक हात पार्न सफल

अमृत केसी/कैलालीमा जारी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भजनी नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै थप पदक हासिल गरेको छ। प्रतियोगिताको सुरुवाती चरणदेखि नै भजनी नगरपालिकाले विभिन्न खेल विधामा आफ्ना प्रतिद्वन्द्वीलाई कडा टक्कर दिँदै आएको छ।जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन हुन १ दिन मात्र बाँकी रहँदा भजनी नगरपालिकाले हालसम्म ४ पदक आफ्नो नाममा पार्न सफल भएको छ। छात्रा हाइजम्पतर्फ प्रतिका कठरियाले स्वर्ण पदक जित्दै भजनीलाई गौरवान्वित बनाएकी छन्।त्यसैगरी, ज्याभ्लिङ थ्रोतर्फ अभिषेक विकले रजत पदक प्राप्त गरेका छन् भने सटपुटतर्फ पारस टमट्टा र कराँतेतर्फ अनुप चौधरीले कास्य पदक हासिल गरेका छन्।

भजनी नगरपालिकाका शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले खेलाडीहरूको निरन्तर मेहनत र प्रशिक्षकहरूको समर्पणका कारण भजनीले यस वर्ष ऐतिहासिक सफलता हासिल गरिरहेको बताए। उनले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन हुन १ दिन मात्र बाँकी रहँदा समेत खेलाडीहरूको मनोबल उच्च रहेको उल्लेख गर्दै बाँकी खेलहरूमा पनि उत्कृष्ट नतिजाको अपेक्षा गरिएको प्रतिक्रिया दिए।

जारी प्रतियोगितामा भजनी नगरपालिकाका खेलाडीहरूले अनुशासित, मेहनती र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै नगरको खेलकुद क्षेत्रको सम्भावनालाई थप बलियो बनाएका छन्। खेलाडीहरूको यो उपलब्धिले भजनीवासीमा उत्साह र गर्वको भावना थप बढाएको छ।भजनी नगरपालिकाका सम्पूर्ण पदक विजेता खेलाडी, प्रशिक्षक तथा सहयोगी टोलीलाई हार्दिक बधाई तथा आगामी खेलका लागि शुभकामना व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *