साझा अक्षर

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रम सम्पन्न

भजनी, कैलाली। भजनी नगरपालिका–१ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। भजनी नगरपालिकाको स्वास्थ्य शाखा तथा भजनी प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले बालबालिकालाई नियमित खोप सेवा उपलब्ध गराई पूर्ण खोप सुनिश्चितता कायम राख्नु स्थानीय सरकारको प्राथमिकता रहेको बताए। उनले खोपबाट बच्न सकिने रोगहरूको नियन्त्रणका लागि समुदायको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्दै दिगोपनालाई विशेष ध्यान दिन आग्रह गरे।

त्यस्तै, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन तथा समुदायस्तरको सक्रिय सहभागिताका कारण वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको बताए। उनले आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहुने गरी अभियानलाई निरन्तरता दिइने जानकारी दिए।

कार्यक्रमका अवसरमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी प्रतिबद्धतापत्रमा सरोकारवालाहरूले हस्ताक्षरसमेत गरेका थिए। वडा नं १का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले वडा द्वारा महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका ८ जनाहरुलाई टर्च, छाता र स्टिल दराज वितरण गरिएको हो।कार्यक्रममा महिला स्वास्थ्य स्वयम स्वयंसेविका शान्ति लामा र राम भरोसे चौधरले शुभकामना मन्तव्य राखेका थिए।आयोजकका अनुसार आवश्यक सूचकहरू पूरा भएपछि वडा नम्बर १ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो।कार्यक्रम सहजीकरण स्वास्थ्यकर्मी रिता देवकोटा र जितेन्द्र केसीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *