कैलालीको भजनीमा चर्रा रैथाने कृषि हाट बजार एक कार्यक्रममा बीचमा शुक्रबार उदघाटन गरिएको छ। दिगो विकास समाज भजनी तथा वर्ल्ड भिजन नेशनल नेपालको सहयोगमा भजनी नगरपालिका वडा नं ७ कार्यालय र हाट बजार व्यवस्थापन समितिको आयोजनामा चर्रा रैथाने कृषि हाट बजार उद्घाटन समारोह कार्यक्रम भएको छ।
वडा नं ७ का अध्यक्ष अमर कठरियाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा कैलाली निर्वाचन क्षेत्र नं ३ ‘ क’ का प्रदेश सदस्य पूर्व प्रदेश मन्त्री घनश्याम चौधरी, विशिष्ठ अतिथिमा नगर प्रमुख केवल चौधरी, सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि अतिथिमा सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, गाउँका भलमन्सा, कृषक, संरक्षणकर्मी र ब्यापारी लगायत उपस्थिति रहेको थियो ।
चर्रा रैथाने हाट बजारमा बोल्दै प्रमुख अतिथि कैलाली निर्वाचन क्षेत्र नं ३ ‘ क ‘ का प्रदेश सदस्य पूर्व प्रदेश मन्त्री घनश्याम चौधरीले रैथाने कृषि उत्पादनलाई जगेर्ना गर्दै यसलाई आधुनिकरण गर्दै लागेमा स्थानीय उत्पादनको बजार पाउने र आर्थिक पक्ष पनि बलियो, रैथाने कृषिमा रासायनिक मलको प्रयोग बढ्दै गएकोले क्यान्सर जस्ता जटिल रोग बढ्दै गएकोले कृषिमा प्राङ्गारिक मलको प्रयोगमा जोड दिनु पर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिई कृषिमा आत्मनिर्भर बनाउन सबै सरोकारवाला निकायले आफ्नो ठाउँबाट लाग्नु पर्ने र किसान र उपभोक्ता बीच सिधै जोडिन यस्तै खालका कार्यक्रम आयोजना हुनु पर्नेमा जोड किसान लाई समयमै मल खाद उपलब्ध गराउन आफू सधैं लागि परेको र समयमै मल खाद उपलब्ध गराउन केन्द्रीय सरकारलाई ध्यानाकर्षण गराएको साथै यस भजनी नगरपालिकामा पहिलो पटक खुलेको कृषि हाट बजारलाई प्रदेश सरकार मार्फत् उचित बजेटको व्यवस्था गर्ने बताउनु भएको थियो।
रैथाने हाट बजार नगर प्रमुख केवल चौधरी,पूर्व नगर प्रमुख शेर बहादुर चौधरी,युवा नेता नेपाली कांग्रेस वीर बहादुर हमाल , ईलाका प्रहरी कार्यालय भजनी प्रमुख युवन चौधरी र दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारले शुभकामना मन्तव्य राखेका थिए।
साथै साताको दुई दिन सोमबार र शुक्रबार चर्रा रैथाने हाट बजार लाग्ने वडा अध्यक्ष बताउनु भयो। चर्रा रैथाने हाट बजार व्यवस्थापन समितिलाई माइन्ट हस्तान्तरण गर्नु भएको थियो।
कार्यक्रममा वडा सदस्य राज कुमार डगौराले स्वागत् मन्तव्य राखेका थिए भने चर्रा रैथाने हाट बजार उद्घाटन कार्यक्रमका संचालक वडा सचिव जय प्रसाद ढुङ्गानाले गर्नु भएको थियो।
