Skip to main content

Bhajani Today

डल्फिन संरक्षण क्षेत्रमा मनाइयो बिश्व सिमसार दिवस 

कैलाली जिल्लाको दक्षिणपुर्बी भजनी नगरपालिका वार्ड नम्बर ८ खैरा, डल्फिन संरक्षण क्षेत्रमा “भविष्यका लागि सिमसार संरक्षण” नारा सहित विश्व सिमसार दिवस २०८१ सम्पन्न भएको छ। डल्फिन जलचर तथा जैविक बिबिधता संरक्षण नेपालको कोषाध्यक्ष कृष्णा चौधरीले स्वागत मन्तव्य गर्नु भएको थियो ।कार्यक्रममा समाजसेवी,संरक्षणकर्मी अजय तिमिल्सेना,प्रकाश साउद,कृष्णध्वज चन्द माध्यमिक बिद्यालयका प्रधानाध्यापक शंकर प्रसाद चौधरी,प्रहरी चौकी जनकपुरका इन्चार्ज दिल बहादुर बोगटी संरक्षण सम्बन्धि धारण व्यक्त गर्नु भएको थियोे। भजनी नगरपालिका वार्ड नम्बर ८वार्ड सदस्य लल्टु डगौरा थारु विशिष्ट अथिती,भजनी नगरपालिका वार्ड नम्बर ८ का वार्ड अध्यक्ष पंकज चौधरी प्रमुख अथिती रहेको कार्यक्रम डल्फिन जलचर तथा जैविक बिबिधता संरक्षण नेपालका अध्यक्ष भोज राज ढुङ्गानाको सभापतित्व रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *