साझा अक्षर

सत्ती भन्सार कार्यालयद्वारा ३ महिनामा ३ कराेड भन्दा बढी राजस्व संकलन

99टीकापुर ८कार्तिक   मान बहादुर ठकुल्ला/ कैलालीको टीकापुर नगरपालिका वडा न ९ स्थित सत्ती भन्सार कार्यालय खक्राैलाले चालू अार्थिक बर्षकाे ३ महिनामा करिब ३ कराेडभन्दा बढी राजस्व संकलन गरेकाे छ । सत्ती भन्सार कार्यालयले अार्थिक बर्ष २०८१/८२ काे श्रावण महिनामा ७६ लाख ५० हजार ५ सय १४ रुपैया , भाद्र महिनामा १ कराेड २८ लाख २ सय ७ रुपैया र असाेज महिनामा १ कराेड ३५ लाख ९० हजार रुपैया गरि चालू अार्थिक वर्षकाे ३ महिनामा ३ कराेड ४० लाख ४० हजार ७७ सय २१ रुपैया राजस्व संकलन गर्न सफल भएकाे सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरी सापकाेटाले जानकारी दिनु भएको छ ।

सत्ती भन्सार कार्यालय खक्राैलाले कपडा, हार्डवेयर ,माेटर पार्टस, कम्पेन् ( हार्बेष्ट ) लगाएत घरायसी तथा कृषि प्रयाेजनका लागि ल्याईने सामान र साना साईकल ब्यापारीले ल्याउने सामानबाट राजस्व संकलन गरिएकाे नायब सुब्बा पदम राज भट्टले जानकारी दिनु भयाे । पछिल्लाे समय सिमा नाकामा खटिएका प्रहरीले सिमा नाकामा कडाई गरेका कारण राजस्वमा बृदि भएकाे जानकारहरु बताउछन।

यस क्षेत्रबाट अायात हुने विभिन्न सामान नेपाली बजार टीकापुर , लम्की, बाैनिया लुम्बिनी प्रदेशकाे राजापुर शान्तिबजार लगायतका ठाउँ जाने गरेकाे स्थानियकाे भनाई रहेकाे छ । यस सत्ती भन्सार कार्यालय खक्राैलाले गत अार्थिक बर्षमा १२ कराेड १ लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकाेमा १० कराेड २ लाख ४२ हजार राजस्व संकलन गरेकाे थियाे भने चालू अार्थिक बर्षमा १२ कराेड ७ लाख ३२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकाे छ ।भजनी क्षेत्रमा विभिन्न स्थानमा खुल्ला सिमाना रहेकाे जहाँ घाट संचालन भईरहेका कारण अझै राजस्व चुहावट हुने गरेकाे स्थानियकाे भनाई रहेकाे छ । सत्ती भन्सार कार्यालय खक्राैलाले प्रहरीले पक्राउ गरेकाे सामान लिलाम गरिएता पनि बिगत ४/५ बर्ष देखि पुरस्कार बाफतकाे रकम बितरण गर्न नसकेकाे प्रहरीहरुले गुनासाे गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *