Skip to main content

Bhajani Today

लागूऔषधसहित पाँच जना पक्राउ

भजनी: कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। कैलाली प्रहरीले शुक्रबार विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो।इलाका प्रहरी कार्यालय भजनी र पृथ्विपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भजनी नगरपालिका–५ लालबोजीबाट वडा नम्बर २ रजबारा बस्ने २२ वर्षीय रुपेश बिक र घोडाघोडी नगरपालिका–४ सिमथरी बस्ने २१ वर्षीय कुशल गिरीलाई पक्राउ गरिएको छ। उनीहरुको साथबाट १.७४० ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ।

यस्तै अस्थायी प्रहरी पोष्ट शान्तिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ १ त्रिवेणीघाटबाट वडा नम्बर २ बैयाबेहडी बस्ने १८ वर्षीय किशोरलाई पनि पक्राउ गरेको छ। उनको साथबाट स्पास नामक १६ ट्यावलेट फेला परेको छ।यस्तै, इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँबाट खटिएको प्रहरी टोलीले बर्दगोरिया गाउँपालिका–४ मुडा बजारबाट मोहन्याल गाउँपालिका–२ पन्डोन बस्ने २३ वर्षीय सागर शाही र १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ट्रमाडोल १६५ क्याप्सुल र अबिल १४३ क्याप्सुल बरामद गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *