साझा अक्षर

कैलालीमा सुन र चाँदीका गरगहनासहित दुईजना पक्राउ

भजनी: प्रहरीले कैलाली जिल्लाको टिकापुरबाट सुन र चाँदीका गरगहनासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रहरी टोलीले मंगलबार दिउँसो १२:३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा बाजुराको बुढिगंगा नगरपालिका–१० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्की–चुहा नगरपालिका–४ की ३४ वर्षीया रम्भा जैशी रहेका छन्। उनीहरू टिकापुर नगरपालिका–१ गणेशपुर शिविरस्थित धर्मा जैसीको घरभित्र शंकास्पद रूपमा बसिरहेको अवस्थामा फेला परेका थिए।उनीहरूको साथबाट चाँदीको सिक्का (५० ग्राम) – १ थान, हिरा जस्तो देखिने पत्थरयुक्त औंठी – २ थान, सुन जस्तो देखिने बेरुवा औंठी – १ थान, सुन जस्तो देखिने सिक्री – १ थान, पानको पात आकारको सुन जस्तो देखिने सिक्री – १ थान, हिरा जस्तो देखिने झुम्का – १ जोर, सुन जस्तो देखिने औंठी – १ थान, खुट्टामा लगाउने सुन जस्तो देखिने बिछिया – २ थान, नागिनी माला – १ थान, कानमा लगाउने सुन जस्तो देखिने रिङ – १ जोर र सुन जस्तो देखिने गहना र नगद १३,००० रुपैयाँ बरामद गरिएको छ।त्यसैगरी, घटनास्थलबाट लु.प्र. ०१-००३ प २२९९ नम्बरको यामाहा मोटरसाइकलसमेत बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय टिकापुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *