साझा अक्षर

उद्घाटन खेलमै भजनीको शानदार जित, गोलकिपर पुनीत चम्किँदा बागमारा स्तब्ध

अमृत केसी/ कैलाली  Youth of Tikapur को आयोजनामा सुरु भएको महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भजनी नगरपालिकाले शानदार जित दर्ता गरेको छ। सोमबार सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक खेलमा भजनी नगरपालिकाले लम्की चुहा नगरपालिकाको बागमारा स्पोर्ट  क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।खेलको पहिलो हाफमै भजनीले निर्णायक अग्रता बनाएको थियो। खेलको दोस्रो औँ मिनेटमा भजनीकी स्ट्राइकर अमिता चौधरीले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। अमिताले गरेको सोही एक गोल अन्ततः खेलको निर्णयकर्ता बन्यो।

गोल खाएपछि बागमारा स्पोर्ट क्लबले खेलमा फर्किन लगातार प्रयास गरेको थियो। खेल अवधिभर लम्की चुहा नगरपालिकाको टोलीले भजनीमाथि दबाब सिर्जना गर्दै थुप्रै आक्रमण बुनेको थियो। तर उत्कृष्ट लयमा रहेकी भजनीकी गोलकिपर पुनीत राजी विपक्षीका लागि बाधक बनिन्। उनले गरेका महत्वपूर्ण बचाउका कारण बागमारा स्पोर्ट क्लब गोल गर्नबाट वञ्चित रह्यो।

विशेषगरी दोस्रो हाफमा बागमाराले लगातार आक्रमण गरे पनि पुनीतले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जित सुरक्षित गरिन्। खेलभर उत्कृष्ट प्रदर्शन गरेबापत भजनीकी गोलकिपर पुनीत राजी ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।महिला खेलकुदको प्रवर्द्धन तथा प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा आकर्षक पुरस्कार राशि समेत राखिएको छ। प्रतियोगिताको विजेताले रु २ लाख २ हजार २ सय २२ तथा उपविजेताले रु १ लाख १ हजार १ सय ११ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *