Skip to main content

Bhajani Today

शव व्यवस्थापन सहज बनाउन सहयोग

भजनी । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा शव व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित सहयोग हस्तान्तरण तथा औपचारिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन समिति तथा वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नगर प्रमुख केवल चौधरी प्रमुख अतिथि तथा उपप्रमुख राजु तिरुवा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

त्यसैगरी वडा नं. ५ का वडा अध्यक्ष केशव बुढा, वडा नं. ३ का कार्यबाहक वडा अध्यक्ष शत्रुधन चौधरी, कानुन शाखा प्रमुख पूर्णप्रसाद जोशी, प्रशासन प्रमुख चन्द्रदेव भट्ट र वि.व्य समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशी,उद्योग वाणिज्य संघ भजनीका अध्यक्ष जय बहादुर बुढा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले गर्नुभएको थियो।

कार्यक्रममा दाताका तर्फबाट पाण्डव फाउन्डेसन का टंकप्रसाद जोशीले आफ्नो धारणा राख्दै २०८१ सालको चैत महिनामा मात्रै १२ जनाको मृत्यु भएको र शवहरू दुई–तीन दिनसम्म राख्नुपर्ने बाध्यता देखिएपछि समाधानका लागि चन्दा संकलन गरेर भए पनि आवश्यक व्यवस्थापन गर्ने अठोट गरिएको बताउनुभयो।

“त्यो समयमा देखिएको समस्या र पीडालाई मध्यनजर गर्दै सुरु गरिएको अभियान आज सफल भएको छ,” उहाँले भन्नुभयो।प्रमुख अतिथि केवल चौधरीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सहयोगले स्थानीय नागरिकलाई ठूलो राहत पुग्ने बताउँदै यस्ता कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *