Skip to main content

Bhajani Today

भजनीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भजनी २८ वैशाख/कैलालीको भजनी नगरपालिकामा नगरस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ उद्घाटन गरिएको छ। भजनी नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरभित्रका १२ वटा मा विद्यालयहरुको सहभागिता रहेको छ।

प्रतियोगिताको उद्घाटन समारोहमा नगर प्रमुख केवल चौधरी,उप प्रमुख राजु तिरूवा,प्रमुख प्रशासकिय अधिकृत भोज राज भट्ट, वडा अध्यक्ष, शिक्षा शाखा प्रमुख सुर्य बहादुर सिंह जनप्रतिनिधि, शिक्षा क्षेत्रका व्यक्तित्व, शिक्षक, विद्यार्थी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो। प्रतियोगितामार्फत विद्यार्थीहरूमा खेलकुद प्रतिभा विकास गर्ने तथा अनुशासन र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

यस्तै रा.मा.वि. महादेउली भने प्रतियोगितामा सहभागी नभएको सूचीमा उल्लेख गरिएको छ। प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *