Skip to main content

Bhajani Today

टंक ढकालको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल झापा जिल्ला तदर्थ समिति गठन

 

बिर्तामोड साउन २१।। टंक ढकालको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल झापा जिल्ला तदर्थ समिति गठन गरिएको छ।

आज झापाको बिर्तामोड स्थित आदर्श पार्टी प्यालेसको सभा हलमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोशी प्रदेश तदर्थ समिति संयोजक रोम घिमिरेको अध्यक्षता तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष गायिका रिता थापा मगरको प्रमुख आतिथ्यतामा झापा जिल्ला तदर्थ समिति गठन गरिएको हो।

प्रतिष्ठान कोशी प्रदेश तदर्थ समितिको आयोजनामा भएको कार्यक्रममा राजु गिरी सहसंयोजक गुमान सिंह तामाङ सदस्य सचिव कमला नेमाङ आर्थिक संयोजक चयन भएका छन्। त्यसैगरी जिल्ला सदस्यहरूमा राम बिष्ट, शिव नेपाल, सुमन मोते, सुवास सुवेदी, निरज पोखरेल अपेक्षा तामाङ ,भीमप्रसाद न्यौपाने, ओम कडेल अम्बिकाप्रसाद फुयाल, सन्तोष आले मगर, रोहित नेपाल र ज्ञान सुब्बा चयन भएका छन्

झापाको बिर्तामोडमा भएको भेलाले सर्वसम्मत तदर्थ समिति गठन गरेको हो। उक्त कार्यक्रममा प्रतिष्ठानका प्रशासकीय उपाध्यक्ष गायक दीपक खड्का सह कोषाध्यक्ष गायिका जुनाश्रीस मगर केन्द्रीय उपाध्यक्ष कृष्ण रेउलेको विशेष आतिथ्यता एवं केन्द्रीय सदस्य रमेश आचार्य र रोयल्टी संकलन समाज प्रदेश एक संयोजक गौरीमान राईको आतिथ्यता रहेको थियो।

कोशी प्रदेश तदर्थ समिति सदस्य शकुन्तला कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कोशी प्रदेश सदस्य तथा सञ्चारकर्मी निश्चल आचार्यले गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *