Skip to main content

Bhajani Today

इलाम नगरपालिद्वारा किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण

इलाम असार २१  ।। अर्गानिक मल उत्पादनलाई बढाउन इलाम नगरपालिकाले किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण गरेको छ।

इलाम नगरपालिका –१, साखेजुङका किसानलाई नगरपालिकाले मल बनाउने मेशिन प्रदान गरेको हो। कोशी प्रदेश सरकारको २५ लाख रुपियाँको अनुदानमा आएको मेशिन स्थानीय लेकाली कृषि सहकारी संस्थालाई इलाम नगरपालिका प्रमुख केदार थापाले हस्तान्तरण गरेका हुन ।

अर्गानिक मल बनाउने योजनाबाट स्थानीय एक हजार घरधुरी लाभान्वित हुने बताइएको छ । संस्थालाई अनुदान प्राप्त भएको तीन रोपनी जग्गामा स्थापना गरिएको मल बनाउने योजनामा किसानको पनि ६ लाख २५ हजार रुपियाँ लागत साझेदारी रहेको संस्थाका अध्यक्ष धनमाया डाँगीले बताईन ।

आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा राखेको नगरपालिकाले कृषिमा अनुदान, तरकारी संकलन केन्द्र स्थापना, बजारको ब्यवस्थापन, कृषकको खेतबारीको माटो परीक्षणलगायत महत्वपूर्ण कार्य नगरले गरिरहेको भन्दै नगरप्रमुख थापाले अर्गानिक उत्पादनमा जोड दिन किसानलाई आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *