भजनी २०कार्तिक । महुन्याल बहुमुखी क्याम्पसको छैठौं औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भजनी नगरपालिका–१ भजनीस्थित उक्त क्याम्पसले मंगलबार साधारण सभा गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि भजनी नगर प्रमुख केवल चौधरीले महुन्याल बहुमुखी क्याम्पस भजनीको शैक्षिक धरोहरको रुपमा रहेको बताए । उनले भजनी क्षेत्रका विद्यार्थीहरुले गाउँघर क्षेत्रमा उच्च शिक्षा हासिलको लागि पहिलो बहुमुखी क्याम्पसको रुपमा स्थापना भएको भन्दै यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।उनले भने, ‘अन्य लक्षित कार्यक्रम जस्तो होइन बहुमुखी क्याम्पसले प्रभावकारी रुपले शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ । सामूदायिक विद्यालयप्रति आम नागरिकको विश्वास बढाउनुपर्छ । यसका लागि शिक्षक, व्यवस्थापन समिति तथा अभिभावक सबैले भूमिका महत्वपूर्ण हुन्छ ।’त्यस्तै क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सल्लाकार प्रदीप कुमार मल्लले महुन्याल बहुमुखी क्याम्पस प्रगतितर्फ बढिरहेको बताए । उनले स्थापनाकालदेखि हरेक दिन व्यवस्थापन तथा शैक्षिक गुणस्तरमा जोड दिएको भन्दै महुन्याल बहुमुखी क्याम्पस भजनीमा शैक्षिक सुधार भएको बताए । 
क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख खेम राज भण्डारी २०६४ सालमा स्थापना भएको यो क्याम्पसले विभिन्न चुनौतीहरुको सामना गर्दै आएको बताए । क्याम्पसमा २सय १७ विद्यार्थीहरु अध्ययनरत रहेको क्याम्पस प्रमुख भण्डारीले बताए । उनले भने, ‘विद्यार्थीहरुलाई अध्यापनको लागि कक्षाकोठा पर्याप्त भए पनि अन्य आवश्यक भवन तथा व्यवस्थापन तथा सञ्चालन खर्चको अभाव छ । क्याम्पस सञ्चालनको लागि भवन भएर मात्र हुँदैन, त्यसलाई सञ्चालन गर्न शिक्षकको तलब, पुस्तकालय, मसलन्द, फर्निचर, विद्युतीय उपरकण, प्रयोगात्मक शिक्षण सामग्री लगायत विभिन्न कुराको व्यवस्थापन गर्न अति जरुरी हुन्छ ।’ महुन्याल बहुमुखी क्याम्पसको तर्फबाट भजनी नगरपालिका लाई विभिन्न क्षेत्रमा राम्रो सहयोग गरकोकाले सम्मान पत्र प्रदान गरिएको छ। क्याम्पस व्यवस्थापन समितिका सदस्य दिनेश कुमालले सञ्चालन गरिएको साधारण सभामा नेपाली काँग्रेसका भजनी नगर सभापति नवराज मिश्र, क्याम्पस सल्लाकार गोकर्ण प्रसाद भण्डारी,नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा सभापति बासु विनाडी, जनता पुस्तकालय भजनीका अध्यक्ष हेमन्त भारद्धाज लगाएतले शुभकामन मन्तव्य राखेका थिए।उक्त साधारण सभामा जनप्रतिनिधि, आजीवन सदस्य, विशिष्ट सदस्य, क्याम्पस व्यवस्थापन समिति,शिक्षा प्रेमी, पुर्व क्याम्पस व्यवस्थापन समिति,कर्मचारी,राजनीति दलका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो। सह- क्याम्पस प्रमुख खकेन्द्र प्रसाद भट्टले स्वागत् मन्तव्य राखेका थिए भने उक्त साधारण सभाका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो।