साझा अक्षर

अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ वटा माेटरसाईकल पक्राउ

सात वटा मोटरसाइकल पक्राउ

भजनी / कैलालीको टीकापुर क्षेत्रबाट भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ वटा माेटरसाईकल प्रहरीले पक्राउ गरेकाे छ । शसस्त्र प्रहरीकाे केन्द्रीय ब्युराेटाेलीले शनिबार राती करिब २ बजेकाे समयमा नेपाल भारत सिमा क्षेत्रमा पर्ने माेहना र कर्णाली नदीकाे दाेभानबाट पक्राउ गरेकाे हाे । शसस्त्र प्रहरी प्रस्तावित गुल्म खक्राैलाकाे प्रतिबेदन अनुसार ७ वटा माेटरसाईकल र कपडाकाे मूल्य १२ लाख ९८ हजार ३ सय बराबर रहेकाे सत्ति भन्सार कार्यालय खक्राैलाका सुब्बा सिताराम बुढाथाेकिले जानकारी दिएका छन ।

नेपाल भित्र्याउन लागेकाे कपडामा १३६ पिस सुट,२९ पिस पर्दा,७८ मिटर ब्लाउजकाे कपडा,४३ पिस साडी,१० पिस लाैलिया,लेहङ्गा कपडा ६० मिटर,मलमल कपडा ९० मिटर,पाइन्ट कपडा ४५ मिटर,काेरा कपडा ४० मिटर र जर्जेट कपडा १२० मिटर रहेकाे भन्सार कार्यालयका सुब्बा सिताराम बुढाथाेकीले बताए

।शसस्त्र प्रहरीले पक्राउ गरेका माेटरसाईकल से ३ प ८१२८ ,से ३ प १६४७ ,से६प ९०४६ ,भे५ प ९२०७ ,भे१० प ९९१, से२ प ८४०२ र से४ प ९७८६ रहेकाे छ । साथै पछिल्लो समय यता भजनी र टीकापुर क्षेत्रमा भन्सार छलीका कार्य भई रहेको स्थानियले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *