
कैलालीको भजनी नगरपालिका ४ खैलाडमा हाम्रो गाउँ खैलाडको टोल-टोल बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। रामजानकी मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको सरसफाई कार्यक्रममा भलमन्सा, चिराकी, समाजसेवी, बुद्धिजीवी, अभिभावक, शिक्षक, विद्यार्थी र गन्जहुवा प्रहरी चौकी लगाएतको उपस्थितिमा खैलाड सरसफाई अभियान सुरुवात गरेको छ।गाउँको दुघरुवा, बिलरपुर, बर्कापुरुवा, थापाटोल, डम्मारीपुर, मिलनचोक, तीनघरुरा, हौसलपुर, राजीपुर गरी ९ वटै टोलको सरसफाई अभियान गरिएको स्थानिय राजु पुन मगरले जानकारी दिनु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1