२०८१ मंसिर २९/कैलालीको भजनीमा रहेको सयपत्री सामुदायिक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । भजनी नगरिपालिका वडा नं. ९ अम्बारीमा अवस्थीत यस सा.व.को सार्वजनिक सुनुवाईमा ३६ लाख ५३ हजार ३ सय २४ रुपैया बराबरको आय व्यय लेखा संयोजक शिव बहादुर विकले प्रस्तुत गरिएको थियो । अध्यक्ष पदम बहादुर थारुको सभापतित्व तथा बसन्ता वन संरक्षण समितिका सचिव विर बहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा उपभोक्ताहरुलाई सहुलियत रुपमा काठ तथा दाउरा वितरण, वनमा वृक्षारोपण, वन पैदावार संरक्षण, वन संरक्षण, पशुपन्छी चोरी सिकारी नियन्त्रणमा जोड दिनु पर्ने बक्ताहरुको भनाई रहेको थियो । स्थानिय सरकारको अझै सम्म वन संरक्षणमा ध्यान नगएको, वन पैदावारको सदुपयोग, चोरीसिकारी नियन्त्रण, ताल तलैयाको व्यवस्थापन तर्फ अझै पनि सरकारले ध्यान दिन नसकेको प्रमुख अतिथि वीर बहादुर हमालले बताए।
त्यसै गरि सोही दिन भजनी ९ भुरुवामा अवस्थीत सृजनशिल सामुदायिक वन उपभोक्ता समूहको पनि सार्वजनीक सुनुवाई तथा साधारण सभा गरिएको थियो । जसमा ६ लाख ३ हजार ४ सय ६४ रुपैया बराबरको आय व्यय सचिव हरिना रानीले प्रस्तुत गर्नु भएको थियो । सुखराम राजीको सभाध्यक्षता तथा सामुदायिक वन समन्वय समिति अध्यक्ष खोज राम चौधरीको प्रमुख आतिथ्यता रहेको सभामा प्रस्तुत भएको आ.व.२०८०÷०८१ को आर्थिक प्रतिवेदन भने उपभोक्ताहरुले गरेनन् । आर्थिक आय व्ययमा चित्त बुझाई नभएको भन्दै उपभोक्ताहरुले प्रतिवेदन पास गरेनन् ।