साझा अक्षर

शिव पार्वती सा.वको १७ औं साधारण सम्पन्न,आन्तरिक पर्यटनमा ठूलो सम्भावना बोकेको लभली पार्क बेवास्ता

जीवन लाल डगौरा/कैलालीको जोशीपुर-२, मा आवस्थित श्री शिव पार्वती सामुदायिक बन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कासीराम डगौराको अध्यक्षतामा प्रमुख अतिथी सामुदायिक बन समन्वय समिति संयोजक खोजराम बिशिष्ट अतिथी सब डिभीजन बन कार्यलय भजनीका वरिष्ठ बन रक्षक प्रकाश विक,थारु महालोक गायक मनिराम चौधरी तथा छिमेकी विभिन्न सामुदायिक वनका अध्यक्ष, बढघर भलमन्सा, पत्रकार लगायत सामुदायिक वनका उपभोक्ताहरुको उपस्थितिमा १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथिले शिव शंकर सा.व.ले बन पैदावार मार्फत यहाँका आमउपभोक्ताहरुलाई सबै थोक दिएको छ। संस्थाको संरक्षण गर्नु उपभोक्ताको दायित्व हो तर पछिल्लो समयमा स्थानिय निकायको ध्यााकर्षण गराउन नसकिएकै कारण माग्नु मात्रै परेको देखिन्छ जसले गर्दा माग्ने सधैं फकिर हो” । उनले भने ।

त्यसैगरि कार्यक्रमका विशिष्ट अतिथि सव डिभिजन बन कार्यलय भजनीका वरिष्ठ वन रक्षक प्रकाश महरले उपभोक्ताहरुबाटै सामुदायिक वन जोगाउन संस्था सदैव कटिवद्ध रहेको तर उपभोक्ताहरुले नै वन अतिक्रमण तथा वन कटानीमा सरिक भएकोले वर्तमान समयमा वन जोगाउनमा कठिन भईरहेको वहाँले बताउनु भयो । “संस्थाको प्रयासले मात्र वन संरक्षण हुन सक्दैन, जव सम्म उपभोक्ताहरुले वन संरक्षणमा हातेमालो गर्दैनन् । वहाँले भन्नु भयो ।”

पछिल्लो समयमा सामुदायिक वनले बन पैदावार, चरचुरुङ्गी, वन्यजन्तुको सँरक्षण सँगै स्थानिय कला संस्कृति जगेर्नामा समेत जोड़ दिएको छ। रामजानकी युवा क्लबद्वारा थारु समुदायको पौराणिक मुङ्ग्राहुवा नाच, लाठी नाच, त्यसै गरी झुम्रा नाच प्रस्तूत गरिएको थियो भने थारु राष्ट्रिय महालोक गायक तथा बन प्रेमी मनिराम चौधरीको प्रस्तुति रहेको थियो।

वडा नं २ बरगदहिमा अवस्थित लब्ली पार्क जोशीपुर गाउँपालिकामै आन्तरिक पर्यटनका लागि ठूलो सम्भावना बोकेको पार्क हो, जहाँ दैनिक जसो स्थानिय पर्यटकहरू पिकनिकका लागि आउने गर्दछन्। तर स्थानिय सरकारको चासो भने देखिदैन जबकि यसको संरक्षण र प्रवर्धन गर्न सकिएको खण्डमा, यस सामुदायिक वन तथा समग्र जोशीपुर गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्नुका साथै स्थानियहरुलाई स्वरोजगारको अवसर पनि सिर्जना हुने पत्रकार खेमराज जोशीले जिकिर गरेका हुन्।

कार्यक्रममा हरियाली पार्वती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राहुल बुढाले पनि शुभकामाना मन्तव्य राख्दै समग्रमा जोशीपुर गाउँपालिकालाई नै पर्यटकीय क्षेत्रका हिसाबले चिनाउनका लागि लभली पार्कको स्तर उन्नति गर्न र पर्यटकीय क्षेत्र बनाउन अति आवश्यक रहेकाे बताउनुभयो।

वार्षिक साधारण सभामा संस्थाका कार्यलय सचिव रामनारायण चौधरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । आ.व. २०८०÷०८१ को २ लाख ३४ हजार ६ सय ७५ रुपैया बराबरको आय व्यय प्रस्तुत गरिएको थियो ।

सामुदायिक वनको कुल आम्दानीको ३५% रकम बिपन्न, महिला, दलित , मधेशी आदिवासी ,जनजाती एबम् पिछडिएका सीमान्तकृत वर्गहरुको अर्थिक विकासमा खर्च गर्नुपर्ने समुदायिक वन मार्गदर्शन २०८१ को अनुसूची ३ मा उल्लेख गरिएको अनुसार नजिकको विद्यालयमा अध्यनरत अति बिपन्न जेहेन्दार विद्यार्थीलाई पाठ्य सामग्री वितरण गरिएको छ।

१७औं बार्षिक साधारण सभालाई सौहार्दपूर्ण वातावरणमा सफल पार्न सहयोग पुर्याउने सम्पूर्ण आमन्त्रित पाहुनाहरुलाई संस्थाले सम्मान पत्र प्रदान गरेकाे छ।

शिव पार्वती सामुदायिक वन उपभोक्ता समुहको १७औं साधरण सभालाई औपचारिक रूपमा पत्रकार धर्मेन्द्र बिष्टले सञ्चालन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *