साझा अक्षर

जेष्ठ नागरिकहरूलाई फाईबर सिरक वितरण 

जीवन लाल डगौरा जोशीपुर/ कैलालीको जोशीपुर गाउँपालिका वडा नं ५ मा चिसो छल्न जेष्ठ नागरिकहरूलाई फाईबर सिरक वितरण गरेको छ।

आव २०८१/८२ का लागि विनियोजित वार्षीक बजेट वडा भित्रका जेष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रम अन्तर्गत फाईबर सिरक वितरण गरिएको वडा अध्यक्ष अनर कुमार चाैधरीले बताउनुभयो।

समुदायमा धेरै जसो ज्येष्ठ नागरिकहरु अपहेलित अबस्थामा छन्, उनीहरूको जीवन सहज होस् भन्ने उद्देश्यका साथ स्थानिय सरकारले बर्सेनि जेष्ठ नागरिक सम्मान अन्तर्गत कहिले न्यानो तन्ना, कहिले ब्ल्यांकेट वितरण गर्दै आएको छ। तर समाजमा हामीले देख्ने गरेका छौं, भत्ता पाउने बित्तिकै धेरैं जसोले रक्सी पिउने गरेका हुन्छन्। त्यो भत्ता खासमा औषधी उपचार खर्च र फलफूल खानाको लागि दिईएको हुन्छ, कार्यक्रममा बोल्दै वडा सदस्य श्याम सुन्दर चौधरीले भन्नूभयो।

जोशीपुर गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिती संयोजक रेखा देवी कठरियाले कार्यक्रममा बोल्दै जेष्ठ नागरिक सम्मान अन्तर्गत वडाले चालेको यो कदम अति सर्हानिय छ। जेष्ठ नागरिकहरूलाई कुनै पनि ठाउँमा भेदभाव नगरी समान व्यवहार गर्नुपर्छ, हाम्राे समुदायमा धेरै जसो जेष्ठ नागरिक अपहेलित भएर बाँच्नु परेको देखेका छौं।

आगामी दिनहरुमा पनि ज्येष्ठ नागरिक सम्मान अन्तर्गत वहाँहरुको आवश्यतालाई मध्ये नज़र गरी स्थानिय सरकारले कार्यक्रम ल्याउने छ।

वडा भित्रका ३४० जना जेष्ठ नागरिकहरूलाई फाईबर सिरक वितरण गरेको वडा सचिव मनोज कुमार चौधरीले जानकारी दिनुभयो।

वडा अध्यक्ष अनर कुमार चौधरीको सभाध्यक्षतामा, प्रमुख अतिथी गापा उपाध्यक्ष रेखा कठरिया, कार्यपालिका सदस्य सोनी डगौरा, राजकुमारी कुमाल,वडा सदस्य राम बहादुर चौधरी, श्यामसुन्दर चौधरी, वडा सचिव मनोज कुमार चौधरी, प्रविधिक खिम गरोजा, पत्रकार जीवन डगौरा लगायत वडाका जेष्ठ नागरिकहरूको उपस्थितिमा औपचारीक कार्यक्रमलाई शान्ता चौधरीले सहजीकरण गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *