Skip to main content

Bhajani Today

कर्णाली नदीमा पाटेबाघको बच्चा मृत फेला

भजनी:सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमा कर्णाली नदीमा मृत अवस्थामा पाटेबाघको बच्चा फेला परेको छ।

१३५ सेन्टिमिटर लम्बाई, ५० सेन्टिमिटर उचाइ, घाँटीको गोलाई ३० सेन्टिमिटर भएको मृत बाघ ६ महिना जतिको हुन सक्ने सब डिभिजन कार्यालय राजापुरका वरिष्ठ फरेष्टर उदय चौधरीले जानकारी दिए। मृत बाघको शरीरमा घाउचोट नदेखिएको, पानीमा बगेर आएको अवस्थामा भेटिएको र पोस्टमार्टम लागि बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुराद्वारा लैजान लागेको चौधरीले बताए।

बर्दिया राष्ट्रिय निकुञ्ज पाटेबाघको वासस्थान हो। पानी खान वा कर्णाली नदी तर्ने क्रममा डुबेर बाघ मरेको हुन् सक्ने अनुमान छ। स्थानीयले सोमबार बेलुका नदीमा पाटेबाघको बच्चा डुबेको अवस्थामा देखेका थिए।

स्थानीयले जानकारी दिएपछि वन डिभिजन कार्यालय ठाकुरद्वारा, सव डिभिजन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जलाई खबर गरेको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डीएसपी सागर बोहराले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *