साझा अक्षर

Breaking News 2

बुद्धशान्तिमा दुर्ब्यसन विरुद्ध जनचेतना मूलक लघुचित्र प्रदर्शन

बुद्धशान्तिमा दुर्ब्यसन विरुद्ध जनचेतना मूलक लघुचित्र प्रदर्शन

  बुद्धशान्ति साउन २८ ।। फ्रेन्डसीप क्लब बुद्धशान्ति ६ शान्तिनगरले लागू पदार्थ दुर्ब्यसन नियन्त्रणका लागि जनचेतना मुलक भिडियो प्रदर्शन गरेको छ । बुद्धशान्ति गाउँपालिका र वाड न. ६ को संयोजन एबम आर्थिक सहयोगमा आइतबार चेतनामुलक "नया जीवन" लघु चलचित्र प्रदर्शन गरिएको क्लबका सदस्य अर्जुन अधिकारीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले लागू औषध समाजमा ठूलो समस्या बन्दै गइरहेकाले यसलाई नियन्त्रण गर्न सबैको सहयोग र भूमिका अनिवार्य हुनुपर्ने बताए । गाउँपालिका सभाहलमा आयोजित लागू औषध नियन्त्रण सम्बम्धि कार्यक्रममा शुभकामना मनतव्य राख्दै प्रमुख अतिथी प्रसाईले पछिल्लो समयमा समाज भित्र लागू औषध प्रयोगकर्ताहरु अत्याधिक बढ्न जादा समाजलाई अशान्त…
Read More
न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रम कनकाईमा….

न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रम कनकाईमा….

कनकाई ।२१ साउन।। झापाको कनकाई नगरपालिकामा न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रम भएको छ । कनकाई नगरपालिकाको न्यायिक समितिको आयोजनामा नगरको सभाहलमा आइतवार कार्यक्रम भएको हो । नगरकी न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । झापा जिल्ला न्याधिश अशोककुमार बस्नेत, झापा बार एशोशिएसनका अध्यक्ष नारायण भट्टराईले नगर तथा वडामा न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी वडा न ३का अध्यक्ष युवराज चौलागाईंले न्यायीकका सम्बन्धमा जिज्ञासा राख्नुभएको थियो । स्वागत नगर न्यायिक समिति सदस्य नवलकिशोर दत्तले गरेको उद्य्घाटन कार्यक्रमको…
Read More
भूकम्पको धक्का महसुस

भूकम्पको धक्का महसुस

  ताप्लेजुङ साउन २०।। ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।
Read More
प्रभु बैंक बिर्तामोडका एक कर्मचारीका कारण ग्राहककाे बचत जोखिममा।

प्रभु बैंक बिर्तामोडका एक कर्मचारीका कारण ग्राहककाे बचत जोखिममा।

बिर्तामोड ।झापामा एक बैंकका कर्मचारीका कारण बचतकर्ताले बचत गरेको लाखौं रूपया जोखिममा परेको छ। कुरा हो बिर्तामोड नगरपालिका –७ स्थित नेपाल चोककी मञ्जुकुमारी नेपालले बैंकमा बचत गरेको रकम को। उनले बिर्तामोडस्थित प्रभु बैंकमा जम्मा गरेको रकम बराबरको पैसा निकाल्न जाँदा बैंकको खातामा नरहेको खुलेसँगै उनको पैसा जोखिममा परेको हो । प्रभु बैंकका मार्केटिङ अफिसर प्रमोद सिटौलाले बैंकमा रकम जम्मा गर्ने भन्दै नेपालबाट रकम लगेको खुलेको छ । सिटौलाले पटकपटक रकम जम्मा भएको भौचरहरु दिए पनि सिष्टम बिग्रिएको भन्दै मोबाइलमा म्यासेज नआउन गरेको बताउने गरेका थिए । मार्केटिङ अफिसर सिटौलाले बैंकमा जम्मा भएका स्टेटमेन्टहरु दिए पनि बैंकमा बुझ्न जाँदा जम्मा दुई…
Read More
जुम्लामा चट्याङ पर्दा एकसय भेडा मरे

जुम्लामा चट्याङ पर्दा एकसय भेडा मरे

  जुम्ला – जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन्। पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर आज तिला–७ का पोख्रीका नौ जना किसानका एक सय भेडा मरेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए। चट्याङबाट भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबहादुर रोकायाका भेडा मरेको उनले बताए। ‘कसका कति भेडा मरेका हुन् भन्ने एकिन विवरण आउन बाँकी छ। चट्याङमा परी तिला–७ का अन्दाजी ५५ वर्षीय लालसिंह रोकाया सामान्य घाइते भएका छन्,’ अध्यक्ष रोकायाले भने,’यसरी मरेका भेडाको बीमासमेत…
Read More
०८४ मा हुने आमनिर्वाचन एक्लै लडेर जित्ने र भ्रष्टहरूलाई पुनः बढार्ने ,अध्यक्ष प्रचण्डको भनाई

०८४ मा हुने आमनिर्वाचन एक्लै लडेर जित्ने र भ्रष्टहरूलाई पुनः बढार्ने ,अध्यक्ष प्रचण्डको भनाई

  काठमाडौँ, साउन १३ ।। माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ मा हुने आमनिर्वाचन एक्लै लडेर जित्ने र भ्रष्टहरूलाई पुनः बढार्ने बताएका छन्। जारी पार्टी पदाधिकारी बैठकमा यही योजनाका साथ छलफल भइरहेको उनको भनाइ छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा ०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्त्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश दिनेछ,’ उनले भने। निवर्तमान प्रधानमन्त्री प्रचण्डले १८ महिना सरकारको नेतृत्वमा रहँदा…
Read More
इंग्ल्यान्ड लगातार दोस्रो पटक  यूरो कपको फाइनलमा

इंग्ल्यान्ड लगातार दोस्रो पटक यूरो कपको फाइनलमा

  लगातार दोस्रो पटक इंग्ल्यान्ड यूरो कपको फाइनल पुगेको छ। बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो। बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेन फ्रान्सलाई २-१ गोलले नै पराजित गर्दै फाइनल पुगिसेको छ। दोस्रो सेमिफाइनलमा सुरुवाती अग्रता लिएको नेदरल्यान्ड्सलाई रोक्दै इंग्ल्यान्ड फाइनलमा पुगेको हो। उसका लागि ओली वाटकिन्सले दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै फाइनल यात्रा निस्चित गरेका हुन्।   खेलको सातौं मिनेटमा नेदरल्यान्ड्सका जावी सिमोन्सले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। खेलको १८ औं मिनेटमै इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पेनाल्टी गोल गर्दै खेल बराबरीमा फर्काए। इंग्ल्यान्डका कप्तान…
Read More
भारतीय प्रधानमन्त्री मोदीलाई रुसको सर्वोच्च नागरिक सम्मान

भारतीय प्रधानमन्त्री मोदीलाई रुसको सर्वोच्च नागरिक सम्मान

  एजेन्सी    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री मोदीलाई रुसको सर्वोच्च नागरिक सम्मान अर्पण गरेका छन् । रुसमा यो सबैभन्दा ठूलो सम्मान हो  । मोदीलाई ‘अर्डर अफ सेन्ट एन्ड्रयु द एपोस्टल’ को अवार्ड दिइएको हो । योसँगै रुस मोदीलाई उच्च सम्मान दिने १४औँ राष्ट्र बनेको छ । यसअघि मोदीले भुटान, ग्रीस, फ्रान्स, इजिप्ट, ८पपुवा न्यूगिनी, फिजी, अमेरिका, बहराइन, यूएई, माल्दिभ्स, प्यालेस्टाइन, अफगानिस्तान र साउदी अरेबियाबाट उच्च सम्मान पाएका थिए । सोमबार रुस पुगेका मोदीले राष्ट्रपति पुटिनसँगै शिखर वार्तामा सहभागिता जनाए छन् । सो क्रममा पुटिनले मोदीलाई युक्रेन संकट समस्याको समाधान निकाल्ने कोसिस गरेकोप्रति आभार प्रकट गरे । शिखर वार्ताका क्रममा मोदीले पछिल्लो ४०–५० वर्षदेखि भारतले आतंकवादको सामना गरेको बताउँदै आतंकवादी हमलाको पीडा आफूलाई थाहा भएको बताउँदै…
Read More
अर्जुन रसाइली नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित

अर्जुन रसाइली नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित

    काठमाडौं ,  असार१६ ॥   नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौंमा  सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले एक सय ८४ मत प्राप्त गरे । महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरुमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी भए । यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन्। महाधिवेशनमा चार सय ४६ प्रतिनिधि रहेका थिए    
Read More
न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा

जेठ ३१। काठमाडौं (एजेन्सी)। आइसीसी टि२० विश्वकप अन्तर्गत समूह सी को खेलमा आयोजक वेस्ट इन्डिजले न्युजिल्यान्डमाथि रोमान्चक जित दर्ता गरेको छ । यस जितसँगै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको छ । समूहको लगातार तेस्रो जित दर्ता गर्ने क्रममा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई १३ रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले खराब सुरुवात गरेपनि शेर्फान रदरफर्डको आक्रामक इनिङमा १ सय ४९ रनको राम्रो योगफल खडा गरेको थियो । एक समय ३०-५ को स्थितिमा रहेको वेस्ट इन्डिजलाई रदरफार्डले ३९ बलमा नटआउट ६८ रनको इनिङ खेल्दै उकासे । उनले २ चौका र ६ छक्का प्रहार गरेका…
Read More
आर्थिक लेनदेनका कारण घिमिरेले गरे ७०वर्षिय वृद्धको हत्या

आर्थिक लेनदेनका कारण घिमिरेले गरे ७०वर्षिय वृद्धको हत्या

डम्बर चौलागाइ , दोलखा २५ जेठ । आर्थिक लेनदेनका कारण भीमेश्वर नगरपालिका–१ क्षमावतीमा एक बृद्धको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आर्थिक लेनदेनका कारण हत्या भएको दोलखा प्रहरीले जनाएको छ । भीमेश्वर नगरपालिका–१ का ७७ वर्षीय बृद्ध झिलकवहादुर बिश्वकर्मा बाट एक बर्ष अघि दुई लाख ऋण ऋण लिएकाे र मारेपछि तिर्नै नपर्ने भनी छिमेकी ५२ बर्षिय गणेश घिमिरेले हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले हत्या आरोपीलाई सार्वजनिक गर्दै बृद्धको हत्या गरी भागेर काठमाडौं पुगेका घिमिरे लाई पक्राउ गरि सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दाेलखाको हत्यारा पत्ता लगाउने…
Read More
दोलखाको शैलुङमा मिनी ग्रेटवाल

दोलखाको शैलुङमा मिनी ग्रेटवाल

दोलखा : पर्यटकीय क्षेत्र शैलुङडाँडामा पर्यटन प्रवद्र्धन गर्न मिनी ग्रेटवाल निर्माणको काम गरिएको हो। संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा शैलुङ ग्रेटवाल निर्माण गरिएको पूर्वगाउँपालिका अध्यक्ष भरत दुलालले बताए। शैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुंगा ९५० मिटरसम्म निर्माणको डीपीआर तयार गरिए पनि अहिले पाँच सय मिटर मात्र ग्रेटवाल निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ। ग्रेटवाल निर्माणका लागि संघीय सरकारको ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट लगानी रहेको छ। प्रारम्भिक चरणमा पाँच सय मिटर ग्रेटवाल निर्माणका लागि ४ करोड ९४ लाख १५ हजार ४१८ रुपैयाँँ लागतमा ठेक्का सम्झौता गरिएको थियो। सरकारले नेपालका सय वटा पर्यटकीय स्थलमा पर्यटन…
Read More