साझा अक्षर

भजनीमा प्रहरीको इन्काउन्टर, चन्द र ढुंगाना पक्राउ

 भजनी: कैलाली प्रहरीले गोली हानेर दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको भजनी नगरपालिका ७ मा प्रहरीले गोली चलाएको हो।

गोली हानेर नियन्त्रणमा लिइएकामा रिदम ढुंगाना र मिलन चन्द रहेका छन्। दुवैलाई गोली लागेको छ।

कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार टीकापुरमा गत जेठ १५ गते स्थानीय टेकेन्द्र सिंह विष्टमाथि खुकुरी प्रहार भएको घटनामा कैलारी गाउँपालिका–२ को शिवरत्नपुरबाट दुई जनालाई पक्राउ गरिएको थियो।

भजनी क्षेत्रमा पुग्दा उनीहरु भाग्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको डीएसपी सिंहले बताए। गोली प्रहार गरेर दुवै जनालाई नियन्त्रणमा लिइएको छ।

‘कैलारी गाउँपालिका–२ शिवरन्तपुरबाट पक्राउ परेका रिदम ढुंगाना र मिलन चन्दलाई प्रहरी टोलीले टीकापुर लगिरहेको थियो,’ डीएसपी सिंहले भने, ‘बाटोमा पिसाब फेर्ने क्रममा भाग्न खोजेपछि गोली चलाइएको हो।’

उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर र दुई वटा गोली प्रहार गर्नुपरेको जनाएको छ। गोली प्रहारबाट दुवै जनाको घुडामुनी चोट लागेको छ। उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *