Skip to main content

Bhajani Today

बालबालिकालाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण

कैलालीको भजनी नगरपालिकाको सहकार्य तथा खप्तड तालिम तथा रोजगार मल्टिप्रपोज प्रा.लि अछामको आयोजनामा अति जोखिममा रहेका, टुहुरा ,अनाथ , लोपोन्मुख बालबालिका तथा विपन्न बालबालिकाहरुलाई स्टेशनरी सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ।

भजनी नगरपालिका उप प्रमुख तथा बाल अधिकार समिति संयोजक राजु तिरुवाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख केवल चौधरीले प्रमुख अतिथि रहनु भएको थियो।

उक्त कार्यक्रममा न्यायिक समिति सदस्य राजेन्द्र खनाल,महिला बालबालिका तथा समाजकल्याण उपशाखा कर्मचारी जौकला सार्की , विद्यालय प्रअ , बालबालिका, अभिभावक र शिक्षक लागाएतको सहभागिता रहेको थियो।कार्यक्रममा बोल्दै नगर प्रमुख केवल चौधरीले बालबालिकालाई अनुशासन र पढाइमा मन लगाउन प्रेरणा दिनु भयो र आधारभूत स्तरका बालबालिकालाई शिक्षक र अभिभावकको संस्कार,आदर सम्मान गर्नु पर्छ भनेर बताउनु भयो।

कार्यक्रम अन्तर्गत १६ वटा विद्यालयमा अध्ययनरत १०२ जना बालबालिकालाई विद्यालय पोशाक तथा ६५ जना बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरिएको महिला बालबालिका तथा समाजकल्याण उप शाखा कर्मचारी जैकाला सार्कीले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *