साझा अक्षर

अस्थायी ट्राफिक प्रहरी पोष्टका इन्चार्ज बमलाई  भव्य विदाई

भजनीको भजनी क्षेत्रमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टका इन्चार्ज विजय कुमार बमलाई  एक कार्यक्रमका बीच बिहीबार भव्य विदाई गरिएको छ।

भजनी बजारका व्यापारी,सञ्चारकर्मी, ठेकादार ,युवा र इलाका प्रहरी कार्यालय भजनीले बमको आठ महिनाको कार्यकालका क्रममा ट्राफिक सचेतनामा पुर्‍याएको योगदानको सम्मानस्वरूप विदाई कार्यक्रमको आयोजना गरेको हो। बम अस्थाई ट्राफिक पोष्ट त्रिभुवन बस्ती कन्चनपुर सरुवा भएका छन्।

इन्चार्ज बमले भजनी क्षेत्रका सडकमा ट्राफीक व्यवस्थापन, ट्राफिक सचेतना, विद्यालयमा अभिमुखीकरण कक्षा, जेब्राक्रसिंग निर्माण, साइकल यात्री तथा मोटरसाइकल चालकलाई नियमको जानकारी दिने र भजनी, चर्रा , धनैरा बजारमा अटो पार्किङ निर्माण लगायतका उल्लेखनीय कार्य गरेका थिए। भजनीका होटल व्यवसाय राजु चौधरीका अनुसार बमको योगदानले भजनी क्षेत्रको ट्राफिक व्यवस्थापन र जनचेतनामा सकारात्मक परिवर्तन ल्याएको छ। स्थानीय बासिन्दाले पनि बमको नेतृत्वको प्रशंसा गर्दै विदाई गरेका छन्।साथै भजनी अस्थाई ट्राफिक पोष्टमा जिल्ला ट्राफिक कन्चनपुर बाट प्रहरी सहायक हवल्दार टेक राज पन्त आउने भएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
4
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *