साझा अक्षर

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण सम्वन्धी कार्यशाला गोष्ठी उद्घाटन

भजनी,४माघ/कैलाली जिल्लाको दक्षिणपूर्वी क्षेत्र भजनी नगरपालिका वार्ड नं.८सोनाफाटामा डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीको आयोजनामा २दिन सम्म संचालन हुने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण सम्वन्धी कार्यशाला गोष्ठी उद्घाटन भएको छ।

टीकापुर नगरपालिका, भजनी नगरपालिका, प्रकृति संरक्षण कोष (NTNC)र WWF नेपालको सहयोग तथा सहकार्य संचालन हुने गोष्ठी टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख लाल विर चौधरी र भजनी नगरपालिकामा वार्ड नं.८ का वार्ड अध्यक्ष पंकज चौधरीले डल्फिनका साथीहरु (Friends of Dolphin) अभियानको ब्यानर अनावरण गरेर संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख लाल विर चौधरीले डल्फिन,जलचर तथा जैविक संरक्षण कार्यमा आगामी दिनमा सहयोग गर्ने र जनस्तरबाट दुई दशकदेखि हुदै आएको संरक्षणको कार्य उदाहरणिय रहेको बताउनुभयो।

कार्यक्रमका बिशिष्ट अतिथि भजनी नगरपालिकामा वार्ड नं.८ का वार्ड अध्यक्ष पंकज चौधरीले संरक्षण कार्यमा स्थानीय सरकारले सहयोग गर्न नसकिएको र आगामी दिनमा वडा कार्यालयबाट सहयोग गर्ने बताउनुभयो।

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलाली को कोषाध्यक्ष कृष्णा चौधरीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा भजनी नगरपालिका वार्ड नं ८का वडा सदस्य लल्टु डगौरा थारु, समाजसेवी अजय तिमिल्सिना,कालाकुण्डा टोल बिकास संस्थाका अध्यक्ष इनदल कुमार गोडीयाल, बिपी निकुञ्ज सामुदायिक वन उपभोक्ता समितीका उपाध्यक्ष ज्ञानबहादुर रावले संरक्षण सम्बन्धी धारणा राख्नु भएको थियो। स्थानीय जनप्रतिनिधि, संरक्षणकर्मी,समुह,युवा क्लव, सामुदायिक वन,भलमन्साहरु गरि १५० जनाको सहभागितामा दुई दिन सम्म संचालन हुने गोष्ठीमा डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलाली,प्रकृति संरक्षण कोष (NTNC)र WWFका प्रतिनिधि हरुले संरक्षण सम्बन्धी सहजिकरण गर्ने डल्फिन,जलचर तथा जैविक विविधता संरक्षण नेपालका सचिव नरेन्द्र रेग्मीले जानकारी दिनुभयो। डल्फिन,जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोज राज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जय प्रसाद ढुंगानाले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *