Skip to main content

Bhajani Today

संरक्षणको महाअभियान घोषणा गर्दै दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

भजनी,५माघ /कैलाली जिल्लाको दक्षिणपूर्वी क्षेत्र भजनी नगरपालिका वार्ड नं.८सोनाफाटामा डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीको आयोजनामा २ दिन सम्म संचालन भएको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण सम्वन्धी कार्यशाला गोष्ठी डल्फिन संरक्षण क्षेत्रका १०१ समुदाय र बिद्यालयमा संरक्षण सम्बन्धी सचेतना कार्यक्रम गर्न संरक्षणको महाअभियान २०८१ घोषणा गर्दै सम्पन्न भएको छ।

टीकापुर नगरपालिका, भजनी नगरपालिका, प्रकृति संरक्षण कोष (NTNC)र WWF नेपालको सहयोग तथा सहकार्य संचालन भएको गोष्ठी समापन कार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिका वार्ड नं.७ का वार्ड अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले डल्फिन संरक्षण क्षेत्रका १०१ समुदाय र बिधालयमा संरक्षण सम्बन्धी सचेतना कार्यक्रम गर्न संरक्षणको महाअभियान २०८१ घोषणाको ब्यानर अनावरण तथा वाचन गरेर महाअभियान उद्घाटन गर्नुभएको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी टिकापुर नगरपालिकाका वडा नं ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले डल्फिन,जलचर तथा जैविक संरक्षण कार्य समुदायको उत्साहजनक सहभागिता सामुदायिक संरक्षणकर्मी अगुवाहरुलाई काम गर्न‌ उत्प्रेरणा मिल्ने र संरक्षणका कार्य गर्दा अगुवाहरुलाई सहयोग गर्नु पर्ने बताउनु भयो।

डल्फिन संरक्षण क्षेत्रको बिकास गर्न टीकापुर नगरपालिका वार्ड नं ७ , भजनी नगरपालिका वार्ड नं ३र ७ मा त्रिवेणात्मक झुलुंगेपुल निर्माण हुनु पर्ने, डल्फिन क्षेत्र जाने सडक स्तरोन्नति गर्नु पर्ने, अनुरोध डल्फिन संग्रहालय निर्माण गर्नू पर्ने र यस कार्यको लागि टिकापुर नगरपालिकाका ले दित्तचित्त भएर लागिरहेको र भजनी नगरपालिका पनि लागे उक्त बिकास योजनामा चाडै बजेट पर्ने बताउनु भयो।

साथै आगामी दिनमा संरक्षण सम्वन्धी गतिविधी र कार्य मा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

उक्त कार्यशाला गोष्ठीबाट महाअभियान सफल पार्न कृष्णा चौधरीको संयोजकत्वमा ५१ सदस्यीय संरक्षणका लागि महिला समिति र बिनोद चौधरीको संयोजकत्वमा ५५ सदस्यीय संरक्षणका लागि यूवा समिति गठन गरेको छ। साथै आगामी दिनमा टीकापुर नगरपालिका वार्ड नं.८ कर्णाली नदीको किनारमा ओंत उत्सव Otter Festival, भजनी नगरपालिका वार्ड नं.३मोहनानदि तटीय क्षेत्रमा घडियाल उत्सव (Gharial Festival) र टीकापुर नगरपालिका वार्ड नं.७पथरिया,मोहना, काढा नदीको त्रिवेणी डल्फिनटोल (कुन्तीपुर/ढुंगानटोल)मा डल्फिन उत्सव (Dolphin Festival) आयोजना गर्न निर्णय समेत गरेको छ।

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलाली को उपाध्यक्ष कृष्णा लाल धमालाले को धन्यवाद ज्ञापन मन्तब्य दिनु भएको कार्यक्रममा कालाकुण्डाटोल बिकास संस्था टिकापुर नगरपालिकाका वार्ड नं ७ का संयोजक इन्दल गुडिया, टिकापुर नगरपालिकाका वडा नं ७ डाडाटोल ओजुवाका बडघर डिल्लि प्रसाद पाण्डे, नेपाल रेडक्रस सोसाइटी इको ल्याब कार्यक्रम समाजिक परिचालिका अनिता धामीले संरक्षण सम्बन्धी धारणा राख्नु भएको थियो। स्थानीय जनप्रतिनिधि, संरक्षणकर्मी,समुह,युवा क्लव, सामुदायिक वन,भलमन्साहरु गरि १५० जनाको सहभागितामा दुई दिन सम्म संचालन भएको गोष्ठीमा डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलाली(DABC Nepal) का अध्यक्ष भोज राज ढुंगाना, महासचिव जय प्रसाद ढुंगाना,प्रकृति संरक्षण कोष(NTNC) बर्दियाका पशुचिकित्सक डा़.बिकल्प कार्की र WWFका प्रतिनिधि आशिष कपालीले डल्फिन, घडियाल, ओंत, पंक्षी,बाघ,बन्यजन्तु,जलचर र जैविक विविधता संरक्षण सम्बन्धी सहजिकरण गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *