Skip to main content

Bhajani Today

आर्थिक वर्षको निति कार्यक्रम बजेट सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

कैलालीको भजनीमा वन वातावरण तथा विपत् व्यवस्थापन समितिको आर्थिक वर्षको नीति कार्यक्रम बजेट सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ।दिगो विकास समाज भजनी र वर्ल्ड भिजन नेशनल नेपाल द्वारा संचालित पोषण तथा उत्थानशील जीविका पार्जन परियोजनाबाट यस नगरपालिकामा रहेका समुदाय स्तरीय विपत् व्यवस्थापन,वडा स्तरीयलाई विपत् पूर्व कार्यकालागि विपत् खोज तथा उद्धार सामाग्रीहरु वितरण दिगो विकास समाज भजनीले वडा नं २ र ३ समुदायलाई ३३ हजार १३ सय बराबरको विपतमा प्रयोग हुने सामग्री वितरण गरिएको पोषण तथा उत्थानशील जीविका पार्जन परियोजना अधिकृत विनोद शाह जानकारी दिए। साथै भजनी नपाको विपत् व्यवस्थापन शाखासंगको सहकार्यमा वन वातावरण तथा विपत् व्यवस्थापन समितिसंग आर्थिक वर्षको निति कार्यक्रम बजेट बारे छलफल सो विभिन्न कार्यक्रम विपत शाखाको योजना विपत पूर्व तयारी बारेमा कार्य योजना बारेमा विषयगत शाखा प्रमुख,वडा स्तरीय विपत् समुह लगाएत संग छलफल गरिएको विपत शाखा अधिकृत विष्णु प्रसाद न्यौपाने सहजीकरण गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *