Skip to main content

Bhajani Today

कैलालीमा एक महिलामाथि प्रहरीले गरे हातपात

कैलालीमा एक महिलामाथि प्रहरीले गरे हातपात

टीकापुर २४ जेष्ठ/कैलालीको खैरीपुर चेक पोष्टका इन्चार्ज यज्ञराज पन्तले महिलामाथि हातपात गरेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–७ हुलाकी राजमार्गको खैरीपुर चेक पोष्टमा उनले एक महिलामाथि हातपात गरेका भन्दै प्रहरीमा निवेदन परेको हो।

टीकापुर नगरपालिका–१ की २९ वर्षीया राजकुमारी कुँवर शाहले चेक पोष्टमा शुक्रवार साँझ डिउटीमा रहेका पन्तले हातपात गरेको भन्दै निवेदन दिएकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। शुक्रवारको उक्त घटनाको छानबिनका लागि प्रहरीले छानबिन समिति गठन गरेको हो।

उनीहरूको बिचमा भएको विवादको विषयमा प्रहरीले छानबिन गर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *