Skip to main content

Bhajani Today

सिमचौर माविमा न्यानाे कपडा वितरण

दीपक संगम विश्वकर्मा/डोटी,बोगटान फुड्सिल गाउँपालिका–१, सिमचौरस्थित श्री सिमचौर माध्यमिक विद्यालयमा न्यानाे कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीको नेतृत्वमा आयोजित यो कार्यक्रमले विद्यालयका विद्यार्थीहरूलाई चिसो मौसममा राहत प्रदान गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रममा चैतन्य पाठशालाका सम्पूर्ण टिमको सक्रिय सहभागिता रहेको थियो। अध्यक्ष जोशीले विद्यार्थीहरूको शैक्षिक विकाससँगै स्वास्थ्य र जीवनस्तर सुधारका लागि यस्ता सहयोगात्मक कार्य आवश्यक रहेको बताए।

विद्यालयका प्रधानाध्यापकले चैतन्य पाठशालाको यस पहलप्रति आभार प्रकट गर्दै विद्यार्थीहरूलाई प्रदान गरिएको सहयोगले उनीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

यस प्रकारका सामाजिक सहयोगले विद्यालयका विद्यार्थीहरूको मनोबल उच्च राख्नुका साथै स्थानीय समुदायलाई पनि सकारात्मक सन्देश प्रवाह गरेको छ।

   यसका साथै उक्त कार्यक्रममा बोल्दै वडा नम्बर एक का वडा अध्यक्ष खेम घर्ती मगरले धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू गर्दै अगाडि बढ्ने बताएका छन।

२०३२ सालमा स्थापना भएको सिमचौर माविमा हाल  अध्यनरत १८६ जना विद्यार्थिहरुलाइ न्यानो कपडा स्विटर वितरण भएको हो। कार्यक्रम मा बोल्दै प्रमुख अतिथि गणेश प्रसाद जोशीले आफ्नो पुर्ख्यौली घर गाउपालिका को २ नम्बर वडा स्थित चाल्समा रहेको र उक्त विद्यालयमा न्यानो कपडा वितरण गर्न पाउँदा हर्षित भएको साथै विद्यालयको सर्वाङ्गिण विकासका लागि जोड दिने प्रतिबद्धता जनाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *