भजनी – भजनी नगरपालिका ७ चर्रा स्थित पुरैना सामुदायिक वन उपभोक्ता समूहको १५औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनवाई शुक्रबार धुमधामसँग सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता सामुदायिक वन समितिका कार्यबाहक अध्यक्ष तथा संस्थाका उपाध्यक्ष फयाज खान ले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा निवर्तमान नगर प्रमुख शेर बहादुर चौधरी रहनु भएको थियो।कार्यक्रमका विशिष्ट अतिथि सब डिभिजन वन कार्यालय अधिकृत लाल वहादुर विश्वकर्म,सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय महासचिव डन्डी राज सुवेदी,CFCC अध्यक्ष खोज राम चौधरी रहनु भएको थियो साथै छिमेकी सामुदायिक वनका अध्यक्ष, समाजसेवी, बुद्धिजीवी विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी ,पत्रकार, तथा स्थानीय वन उपभोक्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि…
[wpstatistics stat=usersonline]टीकापुर:विरेन्द्र विद्या मन्दिर क्याम्पसको सभाहलमा लागुपदार्थ दुरुपयोग विरुद्धको जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको आयोजना क्याम्पस स्ववियु पहलमा गरिएको थियो, जसमा ईलाका प्रहरी कार्यालय टिकापुरको विशेष सहकार्य रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई लागुपदार्थको असर, रोकथामका उपायहरू, तथा समाजमा सकारात्मक भूमिका खेल्नुपर्ने विषयमा जानकारी प्रदान गरियो। प्रहरी कार्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई यस विषयमा विस्तृत रूपमा अवगत गराउँदै, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरे। क्याम्पस प्रशासनले कार्यक्रमको सफलताका लागि सहयोग पुर्याउने ईलाका प्रहरी कार्यालय टिकापुरलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, अनुशासनपूर्वक कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूलाई पनि विशेष आभार प्रकट गरिएको छ। यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच र सचेतना फैलाउन महत्त्वपूर्ण योगदान…
दीपक संगम विश्वकर्मा,कैलाली /बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ ढोधपुर (डुङ्या) स्थित काडा नदीमा आजदेखि तटबन्धन कार्य सुरु भएको छ। १५० मिटरको दुरीमा हुने यो तटबन्धनले नदी कटान र बाढीबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। उक्त वडाका वडा अध्यक्ष जगत बहादुर शाहिका अनुसार तटबन्धन कार्यको सुरुवातसँगै स्थानीय बासिन्दाले सुरक्षा र संरक्षणको अनुभूति गर्ने आशा व्यक्त गरेका छन्। यो परियोजनाले स्थानीय समुदायको दिगो विकास र सुरक्षित वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। कामलाई समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउन सम्बन्धित पक्षहरूले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यसै क्रममा स्थानीयवासी र सरोकारवालाहरूले कामको निरन्तर अनुगमन गरिरहेका…
दीपक संगम विक /डोटी - बोगटान सहजपुर सडक खण्डको निर्माण कार्य समयमा सम्पन्न नहुँदा स्थानीयवासी र यात्रुहरूलाई सास्ती भएको छ। सडकको अवस्था नाजुक भएका कारण यात्रा गर्न कठिन हुनुका साथै दैनिक जीवनयापनमा समस्या सिर्जना भएको छ। निर्माणमा भइरहेको ढिलाइले सडकका कतिपय भागमा खाल्डाखुल्डी र हिलो जमेको छ। वर्षायाममा सडक जोखिमपूर्ण बन्ने र हिउँदमा धुलोका कारण स्थानीय जनजीवन प्रभावित हुने गरेको छ। सवारी साधन सञ्चालनमा समेत कठिनाइ भएपछि यात्रुहरूलाई अनावश्यक खर्च र समय बर्बाद गर्नुपरेको छ। स्थानीय बासिन्दा रामबहादुर बमले भने, "सडक निर्माणको काम समयमै सम्पन्न नहुँदा हामीले दैनिक दुःख भोग्नु परेको छ। बिरामी लिएर अस्पताल लैजानु परे झन्…
कृष्णनगर ०३ पौष/कैलालीको भजनी नगरपालिका वडा नं ३र८ रहेको जाल्पा ग्रामीण विद्युत सहकारी संस्था लि TB १०/३५ को ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।साधारण सभामा जाल्पा ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष तुला राम जैशीको अध्यक्षता भएको थियो भने प्रमुख अतिथि भजनी नगरपालिकाका कार्यबाहक नगर प्रमुख वडा नं ३का वडा अध्यक्ष विक्रम चौधरी रहनु भएको थियो। विशिष्ट अतिथि वडा नं ८का अध्यक्ष पंकज चौधरी रहनु भएको थियो। कार्यक्रम मा स्वागत मन्तव्य संस्था का कार्य समिति सचिव रञ्जित लामाले गर्नु भएको थियो। आय व्याय प्रतिबेदन संस्थाका व्यवस्थापक सुरेन्द्र प्रसाद जैशीले प्रस्तुत गर्नु भएको थियो।आर्थिक वर्ष २०८०/२०८१मा ३४ लाख ४४ हजार…
कैलालीको जानकी गाउँपालिकामा शिक्षा, युवा तथा खेलकुद शाखा दुर्गौलीको आयोजनामा आज वडा नं. १ मा स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता वडा अध्यक्ष सुरेश कुमार चौधरीको अध्यक्षता र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको विशेष उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा आधारभूत तह (कक्षा १-८) र माध्यमिक तह (कक्षा ९-१२) गरी दुई समूहमा प्रतिस्पर्धा गराइएको थियो। आधारभूत तहका विद्यार्थीहरूले "मेरो विद्यालयको परिवेश" र माध्यमिक तहका विद्यार्थीहरूले "हाम्रो शिक्षा, संस्कृति र सम्पदा" विषयमा चित्र प्रस्तुत गरेका थिए।गाउँपालिका अध्यक्ष गणेश चौधरीले प्रतियोगिताको अनुगमन गर्नु भएको थियो भने कलाकार रमेश कठायतले कार्यक्रम सहजीकरण गरेका थिए।प्रतियोगिताको नतिजा यही पुस ५ गते आयोजना हुने वृहत…
भजनी/कैलालीको भजनीमा भजनी नगरपालिकामा माओवादी केन्द्रको नगर अधिवेशन सम्पन्न भएको छ।अध्यक्षमा जगत वि.क निर्वाचित ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भजनी नगरपालिकामा ३९ सदस्य नगरकमिटी चयन भएको छ ।अध्यक्षको लागि तिन जनाको उम्मेदवारीमा जगत व. वि.क निर्वाचित हुनुभएको छ। उपाध्यक्ष नृप व.साउँद, उपाध्यक्ष दुर्गा व. पुन, उपाध्यक्ष चन्द्रकला वि . क, सचिव गाेपिलाल चाैधरी, स-सचिव राजु पुनमगर, काेषाध्यक्ष भागवति चाैधरि गरि ३५ सदस्यीय सहित ४ जना मनोनीत गरि ३९ जनाको कमिटि हुने छ ।आईतवार भएको नगरअधिवेशन मार्फत केन्द्रिय सदस्य बिनिता देवि चौधरीको नेतृत्वमा भजनी नगरकमिटी सर्वसम्मत चयन भएको हो ।
कैलाली । सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ ।आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो। पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गरेका थिए । विमान अवतरणका क्रममा सयौंको संख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए । त्यस अवसरमा राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौँ–टीकापुर सिधा हवाई…
२०८१ मंसिर २९/कैलालीको भजनीमा रहेको सयपत्री सामुदायिक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । भजनी नगरिपालिका वडा नं. ९ अम्बारीमा अवस्थीत यस सा.व.को सार्वजनिक सुनुवाईमा ३६ लाख ५३ हजार ३ सय २४ रुपैया बराबरको आय व्यय लेखा संयोजक शिव बहादुर विकले प्रस्तुत गरिएको थियो । अध्यक्ष पदम बहादुर थारुको सभापतित्व तथा बसन्ता वन संरक्षण समितिका सचिव विर बहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा उपभोक्ताहरुलाई सहुलियत रुपमा काठ तथा दाउरा वितरण, वनमा वृक्षारोपण, वन पैदावार संरक्षण, वन संरक्षण, पशुपन्छी चोरी सिकारी नियन्त्रणमा जोड दिनु पर्ने बक्ताहरुको भनाई रहेको थियो । स्थानिय…
जीवन लाल डगौरा/कैलालीको जोशीपुर-२, मा आवस्थित श्री शिव पार्वती सामुदायिक बन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कासीराम डगौराको अध्यक्षतामा प्रमुख अतिथी सामुदायिक बन समन्वय समिति संयोजक खोजराम बिशिष्ट अतिथी सब डिभीजन बन कार्यलय भजनीका वरिष्ठ बन रक्षक प्रकाश विक,थारु महालोक गायक मनिराम चौधरी तथा छिमेकी विभिन्न सामुदायिक वनका अध्यक्ष, बढघर भलमन्सा, पत्रकार लगायत सामुदायिक वनका उपभोक्ताहरुको उपस्थितिमा १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथिले शिव शंकर सा.व.ले बन पैदावार मार्फत यहाँका आमउपभोक्ताहरुलाई सबै थोक दिएको छ। संस्थाको संरक्षण गर्नु उपभोक्ताको…
जीवन लाल डगौरा जोशीपुर/ कैलालीको जोशीपुर गाउँपालिका वडा नं ५ मा चिसो छल्न जेष्ठ नागरिकहरूलाई फाईबर सिरक वितरण गरेको छ। आव २०८१/८२ का लागि विनियोजित वार्षीक बजेट वडा भित्रका जेष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रम अन्तर्गत फाईबर सिरक वितरण गरिएको वडा अध्यक्ष अनर कुमार चाैधरीले बताउनुभयो। समुदायमा धेरै जसो ज्येष्ठ नागरिकहरु अपहेलित अबस्थामा छन्, उनीहरूको जीवन सहज होस् भन्ने उद्देश्यका साथ स्थानिय सरकारले बर्सेनि जेष्ठ नागरिक सम्मान अन्तर्गत कहिले न्यानो तन्ना, कहिले ब्ल्यांकेट वितरण गर्दै आएको छ। तर समाजमा हामीले देख्ने गरेका छौं, भत्ता पाउने बित्तिकै धेरैं जसोले रक्सी पिउने गरेका हुन्छन्। त्यो भत्ता खासमा औषधी उपचार खर्च र फलफूल खानाको लागि…
भजनी:सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमा कर्णाली नदीमा मृत अवस्थामा पाटेबाघको बच्चा फेला परेको छ। १३५ सेन्टिमिटर लम्बाई, ५० सेन्टिमिटर उचाइ, घाँटीको गोलाई ३० सेन्टिमिटर भएको मृत बाघ ६ महिना जतिको हुन सक्ने सब डिभिजन कार्यालय राजापुरका वरिष्ठ फरेष्टर उदय चौधरीले जानकारी दिए। मृत बाघको शरीरमा घाउचोट नदेखिएको, पानीमा बगेर आएको अवस्थामा भेटिएको र पोस्टमार्टम लागि बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुराद्वारा लैजान लागेको चौधरीले बताए। बर्दिया राष्ट्रिय निकुञ्ज पाटेबाघको वासस्थान हो। पानी खान वा कर्णाली नदी तर्ने क्रममा डुबेर बाघ मरेको हुन् सक्ने अनुमान छ। स्थानीयले सोमबार बेलुका नदीमा पाटेबाघको बच्चा डुबेको अवस्थामा देखेका थिए। स्थानीयले जानकारी दिएपछि वन डिभिजन कार्यालय…
भजनी ११ मंसिर /कैलालीको भजनी नगरपालिका ५ नं वडा कार्यालयको आयोजनामा मल/खादको अभावका कारण कृषकहरुको समस्या बारे छलफल गरिएको छ । भजनी- ५ नं वडा कार्यालयमा भजनी क्षेत्रमा रहेका सम्पूर्ण सुरक्षा निकाय, सरोकारवलाहरुसँग छलफल गरिएको छ।छलफलमा नगर प्रमुख केवल चौधरी,उपप्रमुख राजु तिरुवा,प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यौपाने,वडा नं ३,५,र ७ का वडा अध्यक्ष, सिमा क्षेत्रका सुरक्षाकर्मी, पत्रकार, राजनीति दल, पालिकाका विभिन्न शाखा प्रमुखको सहभागीता रहेको थियो।छलफलको विषय बस्तु बारे ५-का वडा अध्यक्ष केशव बहादुर बुढाले बताउनु भएको थियो।छलफलमा राजनीति दल र कृषकले सरकारले जहिले पनि मुख्य सिजनमा मल बीउ बिजनमा किसानलाई धोका दिएको भन्दै गुनासो गरेका थिए । भजनी-५ का…
भजनी, कार्तिक २९/आगामी मंसिर १६ गते हुने जिल्ला समन्वय समिति कैलालीको निर्वाचनमा नेपाली काँग्रेसले अध्यक्षका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निणर्य गरेको छ । काँग्रेसको पार्टीको बैठकले जिल्ला समन्वय समितिका अध्यक्षको उम्मेदवारका लागि भुलको नाम सिफारिस गर्ने निणर्य गरेको हो । कार्य समितिको बैठकले उम्मेदवारीका लागि उनको एकल नाम सर्वसम्मतले सिफारिस गरेको जिल्ला उपसभापति खेमराज डंगौराले जानकारी दिए । जिल्ला समन्वय समिति कैलालीका तत्कालीन अध्यक्ष पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि अध्यक्षको पद रिक्त रहेको छ । अध्यक्ष पदको उम्मेदवारका लागि सिफारिस हुनु भएका भुल कैलारी गाउँपालिका वडा नम्बर २ को वडा सदस्य हुन…