साझा अक्षर

जाल्पा ग्रामीण विद्युत सहकारी संस्थाको ८औं वार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा पुनः जैशी चयन

कृष्णनगर ०३ पौष/कैलालीको भजनी नगरपालिका वडा नं ३र८ रहेको जाल्पा ग्रामीण विद्युत सहकारी संस्था लि TB १०/३५ को ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।साधारण सभामा जाल्पा ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष तुला राम जैशीको अध्यक्षता भएको थियो भने प्रमुख अतिथि भजनी नगरपालिकाका कार्यबाहक नगर प्रमुख वडा नं ३का वडा अध्यक्ष विक्रम चौधरी रहनु भएको थियो। विशिष्ट अतिथि वडा नं ८का अध्यक्ष पंकज चौधरी रहनु भएको थियो।

कार्यक्रम मा स्वागत मन्तव्य संस्था का कार्य समिति सचिव रञ्जित लामाले गर्नु भएको थियो। आय व्याय प्रतिबेदन संस्थाका व्यवस्थापक सुरेन्द्र प्रसाद जैशीले प्रस्तुत गर्नु भएको थियो।आर्थिक वर्ष २०८०/२०८१मा ३४ लाख ४४ हजार ७८रुपैयाँ बराबर को कारोबार को प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि चौधरीले यो संस्था लाई पालिका बाट हुने सहयोग पुर्ण रुपले सहयोग गर्ने भनेर प्रतिबद्धता गर्नु भएको थियो। कार्यक्रममा गाउँका भलमन्सा,समाजसेवी, शेयर सदस्य , उपभोक्ता र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो। साथै तुलाराम जैशीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।जसमा उपाध्यक्ष निमलाल चौधरी,सचिव रञ्जित लामा , कोषाध्यक्ष आकृति चौधरी र सदस्यमा टीकाराम जैशी, सन्तोष परियार र नवले कामी सर्वसमिती बाट चयन गरिएको संस्थाका व्यवस्थापक सुरेश काफ्लेले जानकारी दिनुभयो छ।साथै यस संस्थाका सम्पूर्ण ग्राहक लाई झोला वितरण गरिएको थियो। कार्यक्रममा पंकज चौधरी,हेमन्त राज माण्डव्य र खडक राज सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।कार्यक्रम सञ्चालक यज्ञ राज जैशीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *