साझा अक्षर

जानकी गाउँपालिकामा स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

कैलालीको जानकी गाउँपालिकामा शिक्षा, युवा तथा खेलकुद शाखा दुर्गौलीको आयोजनामा आज वडा नं. १ मा स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता वडा अध्यक्ष सुरेश कुमार चौधरीको अध्यक्षता र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको विशेष उपस्थितिमा सम्पन्न भएको हो।

कार्यक्रममा आधारभूत तह (कक्षा १-८) र माध्यमिक तह (कक्षा ९-१२) गरी दुई समूहमा प्रतिस्पर्धा गराइएको थियो। आधारभूत तहका विद्यार्थीहरूले “मेरो विद्यालयको परिवेश” र माध्यमिक तहका विद्यार्थीहरूले “हाम्रो शिक्षा, संस्कृति र सम्पदा” विषयमा चित्र प्रस्तुत गरेका थिए।गाउँपालिका अध्यक्ष गणेश चौधरीले प्रतियोगिताको अनुगमन गर्नु भएको थियो भने कलाकार रमेश कठायतले कार्यक्रम सहजीकरण गरेका थिए।प्रतियोगिताको नतिजा यही पुस ५ गते आयोजना हुने वृहत शैक्षिक कार्यक्रममा घोषणा गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *