Skip to main content

Bhajani Today

Posts Page

संघको नेतृत्वमा पत्रकार तथा व्यवसायी बुढा

संघको नेतृत्वमा पत्रकार तथा व्यवसायी बुढा

भजनी २६ वैशाख /उद्योग वाणिज्य संघ भजनीकाे नेतृत्व पत्रकार तथा व्यवसायी जयबहादुर बुढाले सम्हालेका छन् । वाणिज्य सङ्घको वार्षिक चुनावी साधारण सभाले बुढालाई सर्वसम्मत रुपमा अध्यक्षका लागि चयन गरेको हो । लामो समयदेखि भजनीमा बसेर व्यापार व्यवसाय गर्दै आउनुभएका बुढा यसअघि उद्योग वाणिज्य संघ भजनीको ९ वर्षसम्म सचिव हुनुहुन्थ्यो । पेशाले पत्रकारिता र व्यापारमा सक्रिय बुढा व्यापारीको हकहितका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । यसैगरी उपाध्यक्षमा रामप्रशाद रेग्मी, सचिव जनक बहादुर विक, कोषाध्यक्ष शान्ति ओझा, सह सचिव विनोद शाह सर्वसम्वत भएका छन् । सदस्यमा निर्मला परियार, राजकुमार अग्रवाल, लालबहादुर चौधरी, उपेन्द्र केसी, नृप बोगटी, नरेन्द्र थापा सर्वसम्वत चयन भएका हुन् । अध्यक्षमा…
Read More
कर्मचारीको चलाखी २५ गतेको हाँजिरी २४ गते नै

कर्मचारीको चलाखी २५ गतेको हाँजिरी २४ गते नै

 भजनी २५ वैशाख /भजनी नगरपालिकाको वडा नं १ मा रहेको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा नगरपालिकाले अनुगमन गर्दा वैशाख २५ गतेको हाजिरी २४ नै गरेको भेटिएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज भट्ट सहितको टोलीले बैशाख २४ गते बिहीबार प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक अनुगमन गर्दा त्यस्तो भेटिएको हो । अनुगमनको क्रममा अस्पताल प्रशासनको कामकारवाहीमा लापरवाही देखिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुई जना कर्मचारीले बैशाख २५ गतेको हाँजिरी एक दिन अगावै अर्थात २४ गते नै लगाएको पाईएको छ । कार्यालयका विपना कुमारी डँगौरा र एम्बुलेन्स चालक भोज राज केसीले एक दिन अगावै हाँजिरी गरेको फेला परेको हो । नाईट…
Read More

संयुक्त प्रेस विज्ञप्ति जारी, विद्यालयमा भएको घटनाप्रति ध्यानाकर्षण

कैलालीको भजनी नगरपालिका वडा नं. ५ स्थित श्री कमेश्वर माध्यमिक विद्यालयमा भएको घटनाप्रति शिक्षक संगठनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्। मिति २०८३/०१/१८ गते सम्पन्न अभिभावक भेलामा प्रधानाध्यापक लिलाराम विश्वकर्मामाथि विद्यालय व्यवस्थापन समिति सदस्यद्वारा हातपात तथा लछारपछार गरिएको भन्दै उक्त घटनाको निन्दा गरिएको छ। प्रेस विज्ञप्तिमा विद्यालय परिसरभित्र भएको यस्तो अमर्यादित व्यवहारप्रति कानुनी कारबाही गर्न माग गरिएको छ। साथै दोषीमाथि छानबिन गरी कारबाही अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।उक्त विज्ञप्ति नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघलगायतका शिक्षक संघ/संगठनहरूले संयुक्त रूपमा जारी गरेका हुन्।
Read More

शैक्षिक गुणस्तरका लागि एकजुट हुनुपर्नेमा जोड

भजनी २१ वैशाख /गुणस्तरीय शिक्षामा सुधार ल्याउन सरोकारवाला निकाय सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । भजनी नगरपालिका भित्रका सामुदायिक बिधालयका प्रधानाध्यापकहरुसँग गरिएको गुणस्तरीय शिक्षाका विषयमा गरिएको संवाद कार्यक्रममा सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन । भजनी जालापा मिडियाद्वारा आयोजित उक्त कार्यक्रममा क विद्यालयका प्रधानाध्यापक, शिक्षक ,संचारकर्मीहरूको सहभागिता रहेको थियो ।। प्रधानाध्यापक संजाल भजनीका संयोजक पदम बहादुर शाहीले वर्तमान शैक्षिक अवस्थाको समीक्षा गर्दै विषयगत शिक्षकको अभाव, अभिभावक शिक्षामा कमी, दरबन्दी मिलानमा देखिएको असन्तुलन तथा योजनाको प्राथमिकिकरणमा देखिएका समस्याले शिक्षामा अपेक्षित सुधार हुन नसकेको बताएका छन् । उनले विद्यालय तहबाटै सुधारका पहल गर्न सकिने उल्लेख गर्दै त्यसका लागि खुला संवाद, सहकार्य…
Read More
निःशुल्क आँखा जाँच शिविर सम्पन्न

निःशुल्क आँखा जाँच शिविर सम्पन्न

भजनी १९ बैशाख/कैलाली जिल्लाको भजनी नगरपालिकामा विश्व हिन्दु परिषद नेपाल तथा गेटा आँखा अस्पतालको आयोजना, भजनी नगरपालिका वडा नं. १ को सहयोग र भजनी प्राथमिक स्वास्थ्य केन्द्रको सहजीकरणमा १ दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। उक्त शिविरमा कुल ३५२ जना सेवाग्राहीले आँखा जाँच गराई सेवा लिएका छन्। कार्यक्रममा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो भने आँखासम्बन्धी समस्याको पहिचान र उपचारमा शिविरले महत्वपूर्ण योगदान पुर्‍याएको नगर सभापति हेमेन्द्र  भारद्वारले जानकारी दिए।यस किसिमका स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।
Read More
भजनीले सकेन शिक्षक सरुवा गर्न

भजनीले सकेन शिक्षक सरुवा गर्न

भजनी १६ वैशाख/शिक्षक दरबन्दी मिलान तथा सामुदायिक बिद्यालयको तह मिलानको प्रक्रियामा भजनी नगरपालिका असफल भएको छ ।बर्सेनि शैक्षिक गुणस्तर खस्किँदै गएपछि विद्यार्थी संख्याको आधारमा बिद्यालयको तह मिलान तथा शिक्षक सरुवाको प्रक्रिया अगाडि बढाएको थियो । तह समायोजन गर्ने भनिएका बिद्यालयलाई नगरपालिकाले यसअघि पत्राचार गरिसकेको थियो भने शिक्षकहरुको सरुवाको विषयमा निकै विवाद सिर्जना भएको थियो । नगरपालिकाको शिक्षा समितिले शिक्षक सरुवाको विषयमा २५ वटा बैठक बसेको शिक्षा अधिकृत पंखबहादुर शाहले जानकारी दिएका छन् । अन्ततः समितिले विवादका बाबजुद केही शिक्षकहरुको सरुवा गर्ने गरी निर्णय गर्दै कार्यपालिका पठाएको थियो । मंगलबार बसेको कार्यपालिकाको बैठकले बाहिरको दबाबलाई थेग्न नसकेपछि २५ पटक बसेर निचोडमा…
Read More

भजनीमा अवैध साल काठ बरामद

कैलाली जिल्लाको भजनी नगरपालिका–९, आमबारी क्षेत्रमा अवैध रूपमा लुकाई छिपाई राखिएको साल जातको काठ प्रहरीले बरामद गरेको छ। मिति २०८३ साल वैशाख १३ गते साँझ करिब १६:०० बजे प्राप्त गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानीय दिलिप हमाल (अन्दाजी ४० वर्ष) को घर नजिकै रहेको गोठबाट उक्त काठ फेला पारेको हो। प्रहरीले सो स्थानबाट ४७.८ क्युबिक फिट परिमाणको अन्दाजी मूल्य रु. २,१०,००० बराबरको साल जातको ७० वटा कडी बरामद गरेको जनाएको छ।बरामद गरिएको काठ आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि सब–डिभिजन वन कार्यालय पचमोडियालाई बुझाइएको  ईलाका प्रहरी कार्यालय भजनीका कार्यालय प्रमुख खगेन्द्र साउदले जानकारी दिए।
Read More
शिक्षक सरुवाको निर्णय प्रधानाध्यापकले नमान्ने

शिक्षक सरुवाको निर्णय प्रधानाध्यापकले नमान्ने

भजनी ११ वैशाख /भजनी नगरपालिकामा यस शैक्षिकसत्रबाट नगरपालिका भित्र शिक्षक सरुवा तथा बिधालय समायोजन गर्ने योजना अलपत्र पर्ने सम्भावना बढेको छ । केही दिन अगाडि नगरपालिकाको शिक्षा समितिले शिक्षक सरुवाको ड्राफ्ट तयार पारेर कार्यपालिका पठाउने निर्णय गरेको भए पनि उक्त निर्णयलाई स्वीकार गर्ने भन्दै शिक्षकहरुले भनेपछि नगरपालिकाले शिक्षक सरुवाको योजना अलपत्र पर्ने सम्भावना बढेको हो । नगरपालिका भित्रका सामुदायिक बिधालयका प्रधानाध्यापकहरुको संयुक्त बैठकले नगरपालिकाले गर्ने सरुवा कसैले रमाना नबुझ्ने निर्णय गरिएको छ । प्रधानाध्यापकहरुको संयुक्त बैठकले सरुवा गर्ने सन्दर्भमा सबै शिक्षकको सरुवा भएपछि मात्रै रमाना बुझ्ने नत्र विभेदपुर्ण नगरपालिकाको निर्णय नमान्ने चेतावनी दिएको छ । प्रधानाध्यापकको संयुक्त बैठकको संयोजकत्व गर्दै…
Read More
सडक सुरक्षा जाँच तीव्र, रिफ्लेक्टर जडान अभियान सञ्चालन

सडक सुरक्षा जाँच तीव्र, रिफ्लेक्टर जडान अभियान सञ्चालन

भजनी ०५ बैशाख/कैलाली क्षेत्रमा अस्थायी ट्राफिक प्रहरी पोष्ट भजनीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सुरक्षा जाँचलाई तीव्र बनाएको छ। विशेषगरी रातको समयमा हुने दुर्घटनालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले ग्रामीण क्षेत्रमा सञ्चालन भइरहेका ट्रयाक्टर तथा ढुवानी साधनहरूमा रिफ्लेक्टर टाँस्ने अभियान सञ्चालन गरेकोमा भजनी नगरपालिकाको वडा नं ५ का वडा अध्यक्ष  केशव बुढाले धन्यवाद दिएका छन्। अभियान अन्तर्गत ट्राफिक प्रहरीले ट्रयाक्टरको पछाडि र छेउभागमा रिफ्लेक्टर जडान गर्दै चालकलाई सडक सुरक्षा सम्बन्धी सचेतना समेत दिएको छ। धेरैजसो ग्रामीण क्षेत्रमा चल्ने ट्रयाक्टर तथा गाडीहरूमा रिफ्लेक्टर नहुँदा रातको समयमा दुर्घटनाको जोखिम बढ्ने गरेको भन्दै प्रहरीले यस्तो अभियान सञ्चालन गरेको जनाएको छ। अस्थायी ट्राफिक प्रहरी पोष्ट…
Read More
बालबालिकाको सवालमा पत्रकारसँग अन्तरक्रिया

बालबालिकाको सवालमा पत्रकारसँग अन्तरक्रिया

टीकापुर ०५ वैशाख/बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत बालबालिकाको आवाजलाई सशक्त मुद्दाहरुको रुपमा उजागर गर्न सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वर्ल्ड भिजनको आर्थिक सहयोगमा विकासका लागि युवा एक्यवद्धता “यार्ड”ले आयोजना गरेको कार्यक्रममा बालबालिकाका आवाजलाई बुलन्द बनाउन र उनीहरूका मुद्दाहरुमा पैरवीका लागि पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । खासगरी टीकापुर नगरपालिका र भजनी नगरपालिकाको केही वडामा बालबालिकाको सवालमा काम गर्दै आएको यार्डले उनीहरूको क्षमता विकासमा सरोकारवालाको भुमिको विषयमा छलफल गरेको छ । यार्डका कार्यक्रम संयोजक पिताम्बर पौडेलले सन २०२६ देखि २०३० सम्मको रणनीतिक योजना तयार पारेर बालबालिकामा हुने हिंसा, शिक्षाको पहुँचमा बालबालिकालाई पुर्याउने आधार र आर्थिक…
Read More
अवैध माछा बरामद गरी नष्ट

अवैध माछा बरामद गरी नष्ट

टीकापुर ०५ वैशाख /टीकापुर नगरपालिका वडा नं. ९ खक्रौला स्थित सडक खण्डबाट प्रहरीले भारतबाट ल्याएको माछा बरामद गरि नस्ट गरिएको छ । कैलाली जानकी गाउँपालिका वडा नं.२ बढरिया बस्ने ४० वर्षीय प्रदेशु चौधरीले चलाएको सु.प.प्र.०१०००१२ प ५०५१ नम्बरको मोटरसाईकलमा ९८ किलोग्राम, टीकापुर नगरपालिका वडा नं.१ शक्तिनगर बस्ने ३४ वर्षीय दिनेश चौधरीले चलाए‌को से.५ प. ८४५७ नम्बरको मोटरसाईकलमा ३९ किलोग्राम र एकतानगर शिविर बस्ने ४० वर्षीय लक्ष्मण डगौरा थारुले चलाएको सु.प.प्र.०१-००९ प २१३४ नम्बरको मोटरसाईकलमा ३७ किलोग्राम समेत गरि जम्मा एक सय ७४ किलोग्राम माछा प्रहरीले बरामद गरेको हो । प्रहरीले बरामद गरेको माछा सत्ती भन्सार कार्यालय बुझाएर भन्सार परिसरमा नष्ट…
Read More
तालतलैयाहरुको बक्यौता एक हप्ता भित्र तिर्न सुचना

तालतलैयाहरुको बक्यौता एक हप्ता भित्र तिर्न सुचना

भजनि ०३ वैशाख /भजनी नगरपालिकाले वर्षौंदेखि थपिँदै आएको तालतलैयाहरुको बक्यौता एक हप्ता भित्र तिर्न सुचना जारी गरेको छ ।नगरपालिकाको आन्तरिक स्रोतको प्रमुख आधार मानिएको नगरपालिका भित्रका तालतलैयाको ठेक्का बापतको करोडौं रकम लामो समयदेखि ठेकेदारले नतिरेपछि फेरि नगरपालिकाले सुचना जारी गरेको हो । तालतलैया ठेक्का मार्फतको नगरपालिकाले झण्डै साढे पाँच करोड बक्यौता उठाउन बाँकी छ । बक्यौता उठाउन यसभन्दा पहिले पनि निकै प्रयास गरेको नगरपालिका कहिल्यै सफल हुन सकेन । नगरपालिकाले ३५ दिने सुचना देखि सम्बन्धित ठेकेदारलाई पटकपटक पत्राचार गर्दै छलफल समेत गरेको थियो । यसपटक पुनः सात दिनको समय दिँदै नगरपालिकाले तालतलैया ठेक्का मार्फत बक्यौता रहेको रकम बुझाउन भनेको छ…
Read More
मदरल्याण्डको १६ औं वार्षिकोत्सब

मदरल्याण्डको १६ औं वार्षिकोत्सब

भजनी २८ चैत /भजनी नगरपालिका वडा नं. १ स्थित मदरल्याण्ड इङलिस बोर्डिङ स्कुलको १६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । इङलिस बोर्डिङ स्कुलका संस्थापक खडक बुढाको अध्यक्षतामा भएको कार्यक्रममा भजनी नगरपालिकाकी नगर उपप्रमुख राजु तिरुवा प्रमुख अतिथि रहेकी थिइन । भजनी क्षेत्रको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको मदरल्याण्डले वार्षिक परिक्षा सकिएसँगै अभिभावक दिवस, पुरस्कार वितरणको कार्यक्रम आयोजना गर्दै आएको छ ।
Read More
सञ्चालक तथा कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि तालिम

सञ्चालक तथा कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि तालिम

बेलुवा / टिकापुर नगरपालिका वडा नम्बर ६ स्थित लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाकाे आयोजनामा सञ्चालक तथा कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।शनिबार भएको एकदिने तालिममा सहकारीका सञ्चालक,कर्मचारी ,लेखा सुपरिवेक्षण समिति ,ऋण उपसमिति र बजार प्रतिनिधिहरुकाे सहभागीतामा भएको साे तालिमकाे सहजकर्ता राष्ट्रिय सहकारी बैंक सुदुर पश्चिम प्रदेश प्रमुख हिरालाल वि. क., राष्ट्रिय सहकारी बैंकका कर्जा शाखा प्रमुख चिरञ्जीवी वडु रहेको लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारीका व्यवस्थापक यज्ञराज खनालले बताए ।
Read More
भजनी नगरपालिकामा कक्षा ८ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ४२.६० प्रतिशत

भजनी नगरपालिकामा कक्षा ८ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ४२.६० प्रतिशत

भजनी २७ चैत /भजनी नगरपालिकाको कक्षा ८ को नतिजा खस्किएको छ ।शैक्षिकसत्र २०८१ मा केही सुधार देखिएको नगरपालिकाको कक्षा ८ को वार्षिक परिक्षाको नतिजा यसपटक पुनः खस्किएको हो । नगरपालिकामा गतवर्ष परिक्षामा सहभागी भएका कुल बिद्यार्थीको ५६ प्रतिशत बिद्यार्थी उतिर्ण भएका थिए । यसवर्ष त्यो प्रतिशत घटेर ४२ मा झरेको छ । शैक्षिकसत्र २०८० मा भने २४ प्रतिशत विद्यार्थी मात्रै उतिर्ण भएको शिक्षा अधिकृत पंख बहादुर शाहले जानकारी दिएका छन् । सामुदायिक बिद्यालयको भन्दा संस्थागत बिद्यालयको नतिजा सकारात्मक देखिएको छ । शैक्षिक गुणस्तर बढाउन नसकिएको स्वीकार गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले शिक्षक दरबन्दी मिलान र बिद्यालय समायोजन नभएसम्म…
Read More